Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पाेखरियामा काेराेना संक्रमणबाट एक युवतीकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वाकी १८ बर्षिय महिला रहेकी नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टे डा. मदन कुमार उपाध्यायले बताए ।

सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन्। अस्पतालमा ल्याउदा उनकाे मृत्यु भइसकेकाे नेशनल मेडिकल कलेजका डा. असरफ हुसेनले वताए ।

उनले भने “अस्पताल ल्याउदा उनेकाे मृत्यु भइसकेकाे थियाे, त्यसपछि हामी स्वाबकाे नमुना संकलन गरी काेराेना परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाएका थियाैं । मंगलबार राति उनकाे रिपाेर्ट पाेजिटिभ आएकाे हामीलाई जानकारी प्राप्त भएकाे छ ।” उनको शव हाल नेशनल मेडिकल कलेजमै रहेकाे छ ।

नेशनल मेडिकल कलेज लग्नु भन्दा पहिला उनलाई उपचारकाे लागि पाेखरिया अस्पताल लगिएकाे थियाे । पाेखरिया अस्पतालले रेफर गरेपछि उनलाई नेशनल मेडिकल कलेज लगिएकाे थियाे ।

मृत युवतीकाे घर पाेखरिया नगरपालिकाकाे वडा नं. ८, जगरतपुर भएपनि उनी पाेखरिया नगरपालिका कै वडा नं. ९ बर्वास्थित मामा घर बस्दै आएकी थिइन । अविवाहित मृत युवतीकाे यस बर्ष नै विवाह हुने ठिक भएपनि लकडाउनका कारण हुन सकेकाे थिएन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...