Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

“एक घर एक पिसिआर परिक्षण”को माग गर्दै गापा अध्यक्षलाई एसएमएस

spot_img
spot_img

वीरगञ्ज  । पर्सा जिल्लामा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएपनि सरोकारवाला गम्भिर नभएको भन्दै अनेरास्ववियू बिन्दवासिनि गाउँपालिका कमिटिले आपत्ति जनाएको छ ।

वीरगञज महानगरपालिकामा पछिल्लो समयमा “एक घर एक पिसिआर” परिक्षण भइरहेपनि ग्रामिण क्षेत्रमा भने अँझै परिक्षण शुरु नहुँदा संक्रमण झनै फैलिएको अनेरास्ववियू आवद्ध विद्यार्थि नेताहरुले आराेप छ । ग्रामिण क्षेत्रमा पनि परिक्षणलाई तिब्रता दिन दबाब स्वरुप अनेरास्ववियू बिन्दवासिनि गाउँपालिका कमिटिले गाउँपालिका अध्यक्षलाई एसएमएस पठाउने अभियान शुरु गरेका छन् ।

गाउँपालिकामा पनि “एक घर एक पिसीआर परिक्षण” गर्नुपर्ने माग सहित अनेरास्ववियू बिन्दवासिनि गाउँपालिका कमिटिका नेता तथा कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुलाई एसएमएस मार्फत म्यासेज पठाएका छन् ।

परिक्षणले तिब्रता पाउन नसकेको भन्दै अनेरास्ववियू बिन्दवासिनिका नेता कलसरीफ गद्धिको नेतृत्वमा कमिटिमा दर्जनाैं नेता कार्यकर्ताले एसएमएस पठाएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...