Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पाेखरिया नपाका ३ सहित थप ३४ जनामा कोरोना पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकारसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याेसंगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ ।

संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट (मेसु) डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा १४ वर्षका बालक देखि ५६ वर्षका पुरुष रहेका छन् ।

मंगलबार संक्रमण पुष्टि भएका ३४ जनामा वीरगन्ज ब्यारेकका ३ जना नेपाली सेना, १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा १ जना, वयाेधा अस्पताल र नेशनल मेडिकल कलेजका एक/एक जना डाक्टर रहेका छन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाकाे विभिन्न वडाका २१ बर्ष देखी ५६ बर्ष उमेर समुहका १५ जना, स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्षदेखी ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर २ का एक जना पुरुष र २ जना महिला रहेका छन् ।

यस्तै जिराभवानी गाउँपालिका सेढवाका २२ बर्षका १ जना युवा रहेको मेसु उपाध्यायले जानकारी दिए ।

त्यसैगरी बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ बर्षका १ जना पुरुष रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...