Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पर्सामा अझै २ सय ३ काेराेना संक्रमित अस्पताल बाहिर

spot_img
spot_img
वीरगंज । पर्सामा काेराेना संक्रमितकाे संख्या ५ सय ७३ पुगेकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले साेमबार सांझ सार्वजनिक गरेकाे विवरण अनुसार हालसम्म काेराेना संक्रमित पुष्टि भएकाे संख्या ५ सय ७३ पुगेकाे हाे ।
 
जिल्ला प्रशासन कार्यालय पर्साकाे सुचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले आफ्नाे फेसबुकमार्फत सार्वजनिक गरेकाे तथ्यांक अनुसार हालसम्म कोरानाको कारण मृत्यु भएको संख्या १४ रहेकाे छ । जसमा केहि बाहिरबाट रिफर भइ अाएकासहित जुन ५७३ अन्तर्गत नपर्ने जनाइएकाे छ ।
 
हालसम्म पीसीआर चेकजाँचको लागि ११ हजार ३ सय ६७ जनाकाे स्वाव संकलन गरिएकाे छ । जसमध्ये नतिजा आउन ४ सय ५६ जनाकाे बाकी रहेकाे छ ।
 
साउन ११ गतेदेखि यता ३ हजार ३० जनाकाे स्वाव संकलन भएकाे छ । पछिल्लो २४ घण्टामा ७४ जनाकाे रिपाेर्ट काेराेना पोजेटिभ आएकाे छ । पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ पुरूष र ३ महिला गरी ७ जना निको भई घर फर्केका छन् ।
 
गण्डक काेभिड अस्पतानमा ५८ र वीरगंज हेल्थ केयर अस्पतालमा ३७ गरी ९५ संक्रमितकाे काेभिड अस्पतालमा रहेका छन् ।
 
सामुदायिक अाइसाेलेसन सेन्टर /सेमि अाइसाेलेसन सेन्टर ६१ जना रहेकाे सार्वजनिक तथ्यांकमा जनाइएकाे छ । जस अन्तर्गत बीरगंज सिद्धार्थ स्कूलमा २४, बीरगंज त्रिजुद्ध स्कूलमा १५, बीरगंज कारागार आइसाेलेसन सेन्टरमा १२, हाेटल ज्याेति बीरगंजमा ३, पर्सागढी न.पा. PHC मा ४, सखुवा पर्साैनी पालिका आइसाेलेसन सेन्टरमा ६ र पटेर्वा सुगाैली पालिका आइसाेलेसन सेन्टरमा ४ जना संक्रमित रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
यस्तै हाेम आइसाेलेसनमा १ सय ४२ जना संक्रमित रहेकाे सहाय प्रमुख जिल्ला अधिकारी बस्नेतद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । हालसम्म निकाे भइ घर फर्केका तथा १४ दिन पुरा गरी फर्कने क्रममा रहेका २ सय ३ जना रहेकाे अधिकारी बस्नेतले जनाएका छन् ।
 
आइतबार राति काेराेना पुष्टि भएका ७४ जनामध्ये आवश्यकता तथा अवस्था अनुसार काेभिड अस्पताल, आइसाेलेसन सेन्टर तथा हाेम आइसाेलेसनमा राख्ने क्रम जारी रहेकाे उनलेे जनाएका छन् ।
 
उनले काेभिड १९ काे संक्रमण राेकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनकाे लागि हाेम आइसाेलेसन तथा केहि सामुदायिक आइसाेलेसनकाे कार्यान्वयन चुनाैतिपूर्ण देखिएकाेले त्यसकाे सट्टा अर्काे काेभिड अस्पताल तथा सामुदायिक आइसाेलेसन सेन्टर संचालनकाे लागि तयारी भइरहेकाेसमेत जनाएका छन् ।
 
पर्सामा पीसीआर चेकजाँचलाई तिव्र पारिएको जनाउदै बस्नेतले उद्योग कलकारखानामा रहेका भारतबाट आएका मानिसहरूलाई समेत खोजी खोजी चेकजाँच गरिएको, विद्यमान प्रोटकल अनुसार पीसीआरचेकजाँच नहुनेहरूलाई पनि पेड पीसीआर चेकजाँचको सुविधा दिइ चेकजाँच गराइएको लगायतका कारणहरूले संक्रमितको संख्या एक्कासी धेरै देखिएको वताएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...