Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नेकपा वीरगंज महानगर अध्यक्ष रहबरपनि काेराेना संक्रमित

spot_img
spot_img

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरगञ्ज महानगर अध्यक्ष रहवर अन्सारी पनि कोरोना संक्रमित भएका छन् ।

काठमाडौं महारगंजस्थित टिचिङ्ग हस्पिटलमा गरिएकाे परिक्षण उनकाे काेराेना रिपोर्ट पोजेटिभ आएकाे हो । काठमाण्डाैमा रहेका अध्यक्ष अन्सारीले आफु काेराेना संक्रमित भएकाे पुष्टि गरे । उनले भने “काेराेना रिपाेर्ट पाेजेटिभ आएपनि लक्षण केही देखिएकाे छैन्, स्वास्थ्य अवस्था समान्य रहेकाे छ ।”

अन्सारीले साउन १६ गते, शुक्रबार काेराेना परिक्षणकाे लागि स्वाबकाे नमुना दिएका थिए । साेमबार आएकाे रिपाेर्ट पाेजेटिभ आएकाे उनलाई अस्पताले जाकारी गराएकाे हाे । 

अन्सारीको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी काठमाडौंको नक्सालस्थित घरमा होम आइसोलेसनमा रहेको अनेरास्ववियुका केन्द्रिय सदस्य जुबैर आलमले जानकारी दिए ।

विश्व व्यापी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस संक्रमबाट वीरगन्जबासीलाई बचाउन निश्वार्थ रूपले अन्सारी आफ्नो अस्पताललाई निशुल्क रुपमा कोभीड अस्पताल बनाउन वीरगन्ज महानगरलाई हस्तान्तरण गरेका थिए ।

साउन १८ गते अस्पतालको सम्झौता सकिदै गर्दा उनले अस्पताल थप तीन महिनाकालागि उपलब्ध गराए । त्यसले बीरगंजबासीले राहतको अनुभव गर्न सकेका थिए ।

अन्सारीको अस्पताल दिने कदमलाई “राजनीतिक स्टण्ट” भन्नेहरु बीरगंजमै छन ।  निशुल्क दिएकोले रकम भूक्तानी लियो भन्दै अन्सारी र अस्पताललाई धारे हात लाउने अमानवीय तत्वहरु अहिले पनि छन । तर कुने कुराले नागरिक सेवामा बिचलित गराउन नसेकेको अन्सारीलाई कोरोनाले पनि बिचलित गराउन नसक्ने बिश्वास पर्सावासीकाे रहेको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...