Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेकपा वीरगंज महानगर अध्यक्ष रहबरपनि काेराेना संक्रमित

spot_img
spot_img

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरगञ्ज महानगर अध्यक्ष रहवर अन्सारी पनि कोरोना संक्रमित भएका छन् ।

काठमाडौं महारगंजस्थित टिचिङ्ग हस्पिटलमा गरिएकाे परिक्षण उनकाे काेराेना रिपोर्ट पोजेटिभ आएकाे हो । काठमाण्डाैमा रहेका अध्यक्ष अन्सारीले आफु काेराेना संक्रमित भएकाे पुष्टि गरे । उनले भने “काेराेना रिपाेर्ट पाेजेटिभ आएपनि लक्षण केही देखिएकाे छैन्, स्वास्थ्य अवस्था समान्य रहेकाे छ ।”

अन्सारीले साउन १६ गते, शुक्रबार काेराेना परिक्षणकाे लागि स्वाबकाे नमुना दिएका थिए । साेमबार आएकाे रिपाेर्ट पाेजेटिभ आएकाे उनलाई अस्पताले जाकारी गराएकाे हाे । 

अन्सारीको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी काठमाडौंको नक्सालस्थित घरमा होम आइसोलेसनमा रहेको अनेरास्ववियुका केन्द्रिय सदस्य जुबैर आलमले जानकारी दिए ।

विश्व व्यापी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस संक्रमबाट वीरगन्जबासीलाई बचाउन निश्वार्थ रूपले अन्सारी आफ्नो अस्पताललाई निशुल्क रुपमा कोभीड अस्पताल बनाउन वीरगन्ज महानगरलाई हस्तान्तरण गरेका थिए ।

साउन १८ गते अस्पतालको सम्झौता सकिदै गर्दा उनले अस्पताल थप तीन महिनाकालागि उपलब्ध गराए । त्यसले बीरगंजबासीले राहतको अनुभव गर्न सकेका थिए ।

अन्सारीको अस्पताल दिने कदमलाई “राजनीतिक स्टण्ट” भन्नेहरु बीरगंजमै छन ।  निशुल्क दिएकोले रकम भूक्तानी लियो भन्दै अन्सारी र अस्पताललाई धारे हात लाउने अमानवीय तत्वहरु अहिले पनि छन । तर कुने कुराले नागरिक सेवामा बिचलित गराउन नसेकेको अन्सारीलाई कोरोनाले पनि बिचलित गराउन नसक्ने बिश्वास पर्सावासीकाे रहेको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...