Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंज श्रीपुरका २७ सहित पर्सामा थप ३५ जनामा काेराेना संक्रमण

spot_img
spot_img

बीरगन्ज । बीरगन्जस्थित नारायणी अस्पतालकाे ल्याबमा गरिएको पछिल्लो परिक्षणमा बाराका ५ सहित ३८ जनामा संक्रमणको पुष्टि भएको छ । पर्साका ३५ र बाराका ३ जनामा संक्रमण पुष्टि भएकाे ल्याब स्राेतले जनाएकाे छ ।

थपिएका ३८ जना संक्रमितहरुमध्ये ४ जना महिला रहेका छन् । संक्रमितहरु १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेका छन् ।

आईतबार साँझ नयाँ थपिएका संक्रमितहरुमध्ये अधिकांश बीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका छन् । बीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका सबैभन्दा बढी २७ जना रहेका छन् । 

त्यसैगरी, बीरगन्ज वडा नं. १० घडिअर्वाका १ जना, बीरगन्ज वडा नं. ४ विर्ताका १ जना, बीरगन्ज वडा नं. १५ भिस्वाका पनि १ जना रहेका छन् । पछिल्लो परिक्षणमा प्रहरीका १ जना र नेपाली सेनाका १ जनामा पनि संक्रमण देखिएको छ । 

त्यस्तै, सखुवाप्रसौनी र सेढवाका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ । थपिने संक्रमितमा बारा जिल्लाका ३ जना रहेका छन् । एक जना भारतीयमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैबीच, नारायाणी कोरोना विशेष अस्पताल गण्डकबाट आईतबार ७ जना डिस्चार्च भएका छन् । काेराेना मुक्त भएर ३ महिलासहित ७ जना डिस्चार्ज भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...