Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

spot_img
spot_img

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि जिल्लाका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार रोग संक्रमण नियन्त्रण गरेर सम्भावित जोखिम न्युनीकरण गर्न र सर्वसाधारणको जीवन रक्षा गर्न निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

निषेधाज्ञा जारी क्षेत्रमा अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन रोक लगाएको छ । कार्यालयले पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरेको हो ।

निषेधाज्ञा अवधिभर निषेधित क्षेत्रभित्र अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने र सवारी साधनसमेत बन्द हुने छन ।

त्यसैगरी कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु (विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवतजावत पूर्णमा रुपमा बन्द गरिएको छ ।

यो अवधिमा पनि औषधि पसल भने २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखि मात्र बिक्री गर्न पाइने छ ।

निषेधाज्ञापछि छिमेकी राष्ट्र भारतसंग सिमा जोडिएका सबै नाका बन्द हुने भएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...