Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सामा थप ४५ जनामा कोरोना पुष्टि, मेयर सरावगीकाे परिवारमापनि संक्रमण

spot_img
spot_img

वीरगन्ज । पर्सामा शनिबार राति थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससंगै पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

पर्सामा १४ महिलासहित ४५ जना नयाँ संक्रमित फेला परेकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित फेला परेकाहरु ५ देखी ६२ बर्ष उमेर समुहका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पीसीआर परीक्षणमा १४ महिला र ३१ पुरुष गरी थप ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मेसु उपाध्यायका उनका अनुसार, शनिबार राति संक्रमण पुष्टि भएका ४५ जनामा आफैँले पैसा तिरेर परीक्षण गराएका ७ जना छन् ।  अरु ३७ जना भने मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।

शनिबार राति संक्रमण पुष्टि भएका ४५ जना मध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना, वडा नम्बर ४ का १५ जना, वडा नम्बर १३ श्रीपुरका ४ जना,  वडा नम्बर ३, ८ र १८ का १/१ जना र वीरगन्ज २५ सिर्सिया सुख्खा बन्दरगारका ५ जनामा शनिबार राति संक्रमण पुष्टि भएको हो ।

शनिबार राति पर्साको ठोरी गाँउपालिकाकाको निर्मलबस्तीका १ जना  र सुखुवा प्रसौनी गाँउँपालिका २ का  १ जनामा पनि संक्रमण भेटिएको हो ।

यसअघि शुक्रबार राति पनि पर्सामा एक सांसद सहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।

मेयर सरावगीकाे परिवारमा पनि काेराेना संक्रमण

यता वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकाे श्रीमती र  छोरीमा पनि काेराेना संक्रमण पुष्टि भएको छ। मेयर सरावगीकाे परिवारमा पनि काेराेना संक्रमण देखिएकाे उनका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले समेत पुष्टि गरेका छन् ।

बिहिबार मेयर सरावगीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल उनी आफ्नाे परिवारसंगै काठमाण्डाैमा रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...