Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

काेराेनाबाट वयाेधा अस्पतालमा उपचाररत दाेस्राे महिलाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । नारायणी वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत थप एक महिलाकाे पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ। वीरगंज १६ नगवाकी ६८  बर्षिय महिलाकाे शनिबार सांझ मृत्यु भएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

शुक्रबार राति काेराेना संक्रमण पुष्टि भएका ति महिलालाई वयाेधा अस्पतालबाट शनिबार सांझ ६ बजे गण्डक काेभिड अस्पतालमा लग्ने क्रममा मृत्यु भएकाे वताइएकाे छ ।

दमका राेगी महिलालाई बुधबार वयाेधा अस्पतालमा भर्ना गरिएकाे थियाे । काेराेनाकाे लक्षण देखिएकाे महिलाकाे अस्पतालले भर्ना गर्न नमानेपछि स्थानिय प्रशासनकाे दबावमा भर्ना गरिएकाे थियाे । श्वास प्रश्वासमा समस्या देखिएकाे महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्नेमा भेन्टिलेटरकाे अभावमा प्रशासनकाे दबावमा आइसियुमा राखेर उपचार गरिएकाे थियाे ।

बिहिबार स्वाब संकलन गरेर काेराेना परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाउदा शुक्रबार राति काेराेना पुष्टि भएकाे थियाे । त्यसपछि शनिबार विहानदेखी काेभिड अस्पतालमा सार्न वयाेधा अस्पतालले प्रयास गरे पनि सांस ५:४५ मा मात्र पठाउन सकेकाे थियाे ।

एम्बुलेन्स मार्फत गण्डक काेभिड अस्पतालमा लग्नै क्रममा ६ बजे उनकाे मृत्यु भएकाे थियाे । हाल मृतक महिलाकाे शव गण्डक काेभिड अस्पताल मै राखिएकाे छ ।

यस अघिपनि वयाेधा अस्पता मै उपचारकाे क्रममा मृत्यु भएकाे एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । वीरगंज १६ नगवाकी ५० बर्षिय महिलाकाे शुक्रबार सांझ मृत्यु भएकाे थियाे । शुक्रकार राति नै ति महिलामा काेराेना रिपाेर्ट पाेजिटिभ आएपनि शनिबार दिउसाे मात्र सार्वनिक भएकाे थियाे । ति महिलाकाे शव अहिले वयाेधा अस्पताल मै रहेकाे छ ।

यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृत्यु हुनेकाे संख्या ११ पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...