Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वयाेधामा मृत्यु भएकी महिलामा काेराेना पुष्टि, आइसियुमा उपचाररत अर्की महिलापनि संक्रमित

spot_img
spot_img

वीरगंज । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी महिलामा काेराेना संक्रमण पुष्टि भएको छ। वयाेधा अस्पतालमा उपचाररत वीरगंज १६ नागवाकी ५० वर्षीया उनको शुक्रवार अपरान्ह ५ बजे मृत्यु भएकाे अस्पतालकाे प्रशासन शाखाका बिष्णु पटेलले वताए ।

साउन १५ गते अस्पतालमा भर्ना भएकी महिलामा काेराेनाकाे लक्षण देखिएपछि बिहिबार उनकाे स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षणकाे लागि पठाइएकाे थियाे । शुक्रबार राति ति महिलाकाे रिपाेर्ट पाेजेटिभ आएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

दम फुल्ने, निमाेनिया जस्ता समस्या देखिएका महिलाकाे उपचार कै क्रममा मृत्यु भएकाे अस्पतालले जानकारी गराएकाे गण्डक काेभिड अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले वताए ।

अस्पतालले दिएकाे जानकारी अनुसार शुक्रबार विहानदेखि उनको स्वास प्रस्वासमा समस्या देखिएको थियाे ।

आइसियुमा उपचारत महिलामा पनि काेराेना पुष्टि 

यस्तै वयाेधा अस्पताकाे आइसियु कक्षमा उपचाररत एक महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । वीरगंज १६ नागरवा कै ५५ बर्षिय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे अस्पताल स्राेतले जनाएकाे छ । ति महिलालाई गण्डक काेभिड अस्पतालमा सार्ने तयारी भइरहेकाे अस्पतालले जनाएकाे छ ।

मृतक महिलासंगै बिहिबार नै ति महिलाकाे पनि स्वाब संकलन गरि परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाउदा शुक्रबार राती नै रिपाेर्ट पाेजेटिभ आएकाे हाे । उनमा पनि दम फुल्ने, स्वास प्रस्वासमा समस्या देखिएकाे चिकित्सकले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...