Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज हेल्थ केयरलाई काेभिड अस्पताल बनाउन सम्झाैता

spot_img
spot_img

बीरगन्ज । बीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गर्न शनिबार सम्झौता भएकाे छ ।

वीरगंज हेल्थ केयर अस्पताललाई काेभिड अस्पताल बनाउन सम्झाैता सम्पन्न भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए । उनले जिल्लामा लक्षणसहितका कोभिड बिरामीहरूको बढ्दो संख्यालाइ दृष्टिगत गरी सो अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गर्न सम्झौता गरिएको बताए ।

सप्रजिअ बस्नेतले भने, “अब आजदेखि नै लक्षणसहितका बिरामीहरूलाई उक्त अस्पतालमा भर्ना गरिने छ ।”

यसअघि, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गर्न केन्द्रिय संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अनुमतिका लागि सिफारिस गरेर पठाएको थियो ।

सिफारिस कै आधारमा शुक्रबार संघिय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालाई पत्र सहमि जनाए पछि अस्पतालसंग सम्झाैता गरिएकाे बुझिएकाे छ ।

त्यस्तै, बीरगन्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले पनि जिल्ला संकट व्यवस्थापन समिति, पर्सालाई पत्र लेख्दै अस्पताललाई कोभिड १९ अस्पतालमा रुपमा प्रयोग गर्न दिन तयार रहेको बताएका थिए । तर सम्झौता लागि उनले तीन शर्त संकट व्यवस्थापन समिति समक्ष राखेका थिए ।

अस्पतालमा एक शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...