Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगन्जकाे कोरोना अस्पतालबाट २० जना डिस्चार्ज

spot_img
spot_img

वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकबाट काेराेना संक्रमण निको भएर २० जना डिस्चार्ज भएका छन् ।

अस्पतालका संयाेजक डा. उदयनारायण सिंहका अनुसार बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

सबै जनाकाे दाेस्राे पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डा. सिंहका अनुसार निको भएर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो पनि छन्, जो निमोनियाका बिरामी पनि थिए । ‘१० दिनसम्म चलेको उपचारपछि महतो निको भएका छन्,’ डा. सिंहले भने, ‘कोरोना नेगेटिभ भएपछि शुक्रबार डिस्चार्ज भएका छन् ।’

यस्तै मारुती फार्मास्यूटिकल प्रालिका प्रबन्धकसहित ८ जना पनि काेराेना निकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...