Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगञ्जमा कोरोना नियन्त्रणकाे लागि सांसद यादवले लेखे प्रधानमन्त्रीलाई पत्र

spot_img
spot_img
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनि धिसभा सदस्य (सांसद) प्रदीप यादवले वीरगञ्जमा कोरोना नियन्त्रणका लागि संघीय सरकारसँग सहयोग मागेका छन् ।
सांसद यादवले वीरगञ्जमा कोरोना नियन्त्रण तथा रोकथामका लागि बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै संघीय सरकारसँग सहयोग माग गरेका हुन् । उनले प्रधानमन्त्रीसँग वीरगञ्जमा ५ सय शैयाको कोभिड अस्पताल स्थापन गर्न माग गरेका छन् ।
सांसद् यादवले शुक्रबार प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा पर्सा, बारा र रौतहट जिल्लाका कोरोना सङ्क्रमितहरुको व्यवस्थापनका निमित्त वीरगञ्जमा ५ सय शैयाको कोभिड अस्पताल स्थापना गर्न माग गरेका हुन् ।
‘वीरगञ्जमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र यहाँको एक मात्र ५० सैयाको नारायणी अस्थायि कोभिड अस्पतालमा ठाउँ भरिएर थप सङ्ख्यामा संक्रमित थप्ने अब ठाउँ छैन । वीरगञ्जमामा चिकित्सा क्षेत्रबाट ३० भन्दा बढी संक्रमित भएका कारण यहाँका डाक्टर र स्वास्थ्यकर्मीहरुको मनोबलमा गिरावट आएको छ,’ पत्रमा उल्लेख गरिएको छ, ‘ वीरगञ्जको अर्को एउटा एक सय सैयाको निजी अस्पताललाई कोरोना अस्पताल बनाउने प्रक्रिया सुरु भएपनि त्यसले पनि समस्या समाधान नहुने देखिएकाेले ५ सयकाे शैयाकाे अक्राे काेराेना अस्पताल बनाउन प्रधानमन्त्रीसंग पत्रमार्फत आग्रह गरेका छन् ।
वीरगञ्जमा ५ सय शैयाको कोभिड अस्पताल सञ्चालनका लागि नेसनल मेडिकल कलेज शिक्षक अस्पताल सबैभन्दा उपयुक्त भएकोले त्यहाँ कोभिड अस्पताल स्थापनाका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेका छन् ।
जनता समाजवादी पार्टीका नेता समेत रहेका सासंद् यादवले वीरगञ्जमा कोरोना महामारीले उत्पन्न भएको स्थितिलाई नियन्त्रण गर्न केन्द्रबाट विज्ञसहितको विशेषज्ञ टोलि पठाउँन समेत पत्र मार्फत माग गरेका छन् ।
उनले वीरगञ्जसहित पर्सा जिल्लामा समुदायस्तरमा कोरोनाको टेस्टिङ बढाउन पर्याप्त साधनस्रोत र स्वास्थ्यकर्मी लगायत जनशक्तिको व्यवस्था गरी परिचालित गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।
सांसद् यादवले वीरगञ्जमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैली सकेको बताउँदै दु:ख समेत व्यक्त गरेका छन् ।
लक्षणसहितको सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धिसँगै भेन्टिलेटर र अक्सिजनको अभाव भएको बताउँदै उनले चिन्ता व्यक्त गरेका छन् ।
आइसोलेसनको आभावमा कोरोना सङ्क्रमितहरु घरमै बस्न बाध्य हुनु विडम्बना पुर्वक भएको बताउदै उनले सङ्क्रमितहरुका उपचारका लागि तत्काल वीरगञ्जमा सञ्चालित कोभिड अस्पताल र सिफारिस गरिएको नयाँ कोभिड अस्पताल प्रयाप्त नभएको बताएका छन् ।
सांसद् यादवले वीरगञ्ज कारागारभित्र समेत संक्रमण फैलिसकेको सूचना प्राप्त भएको बताएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...