Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नगर प्रमुख सरावगीको स्वास्थ्य अवस्था सामान्य

spot_img
spot_img

वीरगञ्ज । बिहिबार कोरोना सङ्क्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
काठमाडौँस्थित आफ्नो घरमै होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको स्वास्थ्य अवस्था सामान्य रहेको सरावागिगका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा नगरप्रमुख सरावगी आइसीयुमा भर्ना भएको भनेर आएका खबरमा कुनै सत्यता नभएको द्विवेदीले बताए । ‘भर्खरै केहि समय अगाडी मैले मेयर सा’बसँग कुरा गरे,’ द्विवेदीले भने, ‘उनी एक्दमै स्वस्थ छन् र छिट्टै जनताको सेवामा फर्किने छन् ।’
नगरप्रमुख सरावगी घाटीमा समस्या आएपछि उपचारका लागि काठमाडौँ पुगेका थिए । उपचारको क्रममा उनलाई ज्वरो आएपछि कोरोना सङ्क्रमणको शङ्का लागेर बुधबार काठमाडौँमै पिसिआर परिक्षण गराएका थिए । बिहिबार उनमा कोरोना पोजेटिभ देखिएको सरावगीका प्रेस सल्लहाकार गोविन्द देवकोटाले बताए ।
देवकोटाले नगरप्रमुख सरावगीको सुगर लेबल अलि बढेपनि अक्सिजन लेवल भने सामान्य रहेले चिन्ता लिनुपर्ने कुनै विषय नरहेको बताए । सरावगीलाई पछिल्लो २४ घण्टामा ज्वरो समेत नआएको देवकोटाले जानकारी दिएका छन् ।
‘अहिले मेयर सा’बको स्वास्थ्य अवस्था सामान्य छ, सुगर लेबल अलिकति बढेको भएपनि अक्सिजन लेबल सामान्य छ, पछिल्लो २४ घण्टामा ज्वरोपनि आएको छैन,’ देवकोटाले भने, ‘उनि काठमाडौँस्थित आफ्नो निजि निवासमा रहेको आइसोलेसनमा छन्, चिन्ता लिनुपर्ने कुनै विषय छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...