Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा कोरोना संक्रमितले बच्चा जन्माइन्

spot_img
spot_img

वीरगन्ज । नारायणी अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा उपचाररत एक कोरोना संक्रमित गर्भवतीले छोरीलाई जन्म दिएकी छन् ।

वीरगन्ज महानगरपालिका–१ छप्कैयानिवासी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा छोरी जन्माएकी अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले वताए ।

‘आमा र बच्चा’ दुवैको स्वास्थ्य समान्य रहेकाे उनले जानकारी गराए ।

डा. सिंहका अनुसार ती महिला सुरुमा नारायणी अस्पताल पुगेकी थिइन् । त्यहाँबाट नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरिएको थियो ।

‘कोरोनाको शंका लागेर बिहीबार मेडिकल कलेजले कोरोना अस्पताल पठायो,’ उनले भने, ‘बिहीबार राति नै गर्भवती महिलाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...