Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंजमा ३ डाक्टरसहित थप ४६ जनामा कोरोना पुष्टि

spot_img
spot_img

वीरगंज । वीरगञ्जमा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण फेला पर्नेहरु १८ वर्षदेखि ७५ वर्ष उमेर समुहका रहेका छन्।

पर्सा, बारा, रौतहटका बासिन्दा भएतापनि सबै वीरगञ्जकै विभिन्न वडाका बासी हुन् ।

संक्रमितहरुमा नारायणी अस्प्तालका दुई जना अर्थोपेडिक डाक्टर र एक जना बाहिरका डाक्टर गरी तीन जना डाक्टर पोजेटिभ देखिएका छन्।

नारायणीका ४४ र ४० वर्षको पुरुष अर्थोपेडिक डाक्टर र वीरगञ्जकै एक जना ३६ वर्षीय डाक्टर पनि संक्रमित हुन पुगेका छन्।

त्यसैगरी, नारायणी र एडभान्स हस्पिटलका ६ जना स्टाफ नर्सहरु संक्रमित भएका छन् ।

वीरगञ्जको विभिन्न वडामा गरिएको मास ट्रेसिगमा पनि सर्वसधरण कोरोना संक्रमण पुष्टि भएको  नारायणी अस्पतालका डा. नारायण सिंहले वताए ।

नारायणीको मेडिकल वार्डमा खटिने ४० वर्षकी स्टाफ नर्स, आइसियु कक्षामा खटिने २० र २४ वर्षका स्टाफ नर्समा कोरोना पुष्टि भएको छ भने नारायणी अस्पतालमै डायायलोसिस गराउने पर्सा पोखरीया १ की ७५ वर्षीया महिला, बारा निजगढका  ६५ वर्षिय पुरुष र बारा जितपुरका २४ वर्षीया महिला मृगौला रोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी,बाराको नितनपुरमा रहेको म्याग्नस फर्मा प्रालि (औषधी उद्योग)मा कार्यरत तीन मजदुर र लोटस फर्मा वीरगञ्ज २ छपकैयाका एक जना गरी कुल ४ जना मजदुरहरुमा पनि कोरोना पुष्टि भएको छ।

म्यागनसका मजदुरहरुमा रौतहट, राजपुर ५ घर भएका ३७ वर्षका पुरुष, पर्सा, बहुदरमाई नगरपालिका ४ नगरदाहाका ४४ वर्षीय पुरुष र वीरगञ्ज १२ मुर्लीकी २६ वर्षीया महिला मजदुरमा कोरोना पुष्टि भएको छ।

यता लोटस फर्माका वीरगञ्ज ५ रेशमकोठी बस्ने ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, वीरगञ्ज १४ का ६५ वर्षीय पुरुष, वीरगञ्ज ११ का ४१ वर्षीय पुरुष, वीरगञ्ज १४ कै ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालकाे ल्याब स्राेतले जनाएको छ। वीरगञ्जका अन्य वडाका संक्रमितहरु पनि रहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...