Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

काेराेना संक्रमणबाट वीरगंजमा थप २ जनाकाे मृत्यु (अपडेट)

spot_img
spot_img

वीरगंज । कोरोना संक्रमणका कारण वीरगंजमा बिहीबार थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका  ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय बृद्धको मृत्यु भएको नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डकका संयाेजक डा. उदय नारायण सिंहले वताए।

नगवाका ३५ वर्षीय युवकको गण्डकस्थित कोभिड अस्पतालको आइशोलेशनमा उपचारका क्रममा बिहीबार बेलुकी ७:४० बजे मृत्यु भएको डा. सिंहले जानकारी दिए । ज्वरो आएपछि साउन ५ गते उनलाइ तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

तराई हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । साउन १३ गते नै कोभिड अस्पतालमा उपचारका क्रममा उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

युवकको मृत्यु बिहीबार बेलुकी भएको भएपनि नारायणी अस्पतालको प्रयोगशालाबाट राति १० मात्रै युवकको पोजेटिभ रिपोर्ट आएको डा. सिंहले जानकारी दिए । यस्तै बिहीबार बिहान वीरगन्ज २ छपकैयास्थित आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको उनले जानकारी गराए ।

नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजेतिर प्राप्त रिपोर्टमा मृतकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको डा. सिंहले पुष्टि गरे । छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए ।

राती सुतेका बृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि बृद्धको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

यससँगै वीरगंजमा साउन महिनामा मात्र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  ८ पुगेकाे छ । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका १ जनाको मृत्यु पनि वीरगञ्जमै भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...