Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

११ बुंदे माग राख्दै विभिन्न निकायलाई विकास सुधार समितिकाे ज्ञापन

spot_img
spot_img

वीरगंज । कलैया उपमहानगरपालिका वडा नं. १६ का वडा विकास सुधार समितिले ११ बुंदे माग सहित विभिन्न नियकाहरुमा ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष अनिल कुशवाहाको नेतृत्वमा रहेको एक समुहले जिल्ला प्रशासन कार्यालय बारा, कलैया उपमहानगरपालिकाको कार्यालय र वडा नं. १६ काे कार्यालमा ज्ञापनपत्र बुझाएको हाे ।

बारा जिल्लाको कलैया उप महानगरपालिकाको वडा नं. १६ को वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएका तीन वर्षको कार्यकाल बितिसक्दा पनि मुस्कीलले ३ दिन पनि वडा कार्यालयमा पूरा समय उपस्थित भई राज्य सरकारले लिएको लक्ष्य तथा आफूले चुनावका बेला जनतासमक्ष गरेको वाचा अनुरुपका कामहरु नगरेकोमा वडा विकास सुधार समितिको गम्भीर ध्यानाकार्षण भएको भन्दै ज्ञापन पत्र बुझाएकाे हाे ।

कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने वडाध्यक्षका कारण सेवाग्रही मार्कामा परेको समितिले जनाएकाे छ । कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिश, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्ने जस्ता कामले जन गुनासाहरू बढ्दै गएको जनाईएको छ ।

ज्ञापनपत्रमा जनप्रतिनिधि वडामा अनुपस्थित रहने गरेको, वडाबाट हुने गरेको विकास सम्बन्धी सम्पुर्ण कृयाकलाप पारदर्शी नदेखिएको, वडामा रहेको स्वास्थ्य निकायबाट सेवा ग्राहिहरु बञ्चित हुने गरेको, वडामा रहेका शैक्षिक संस्थाहरुको अनुगमन नभएको हुदाँ गुणस्तरीय शिक्षा नभएको, कृषि सम्बन्धी कुनै योजनाहरु हाल सम्म सर्वजनिक नभएको, वडामा नगर स्तरिय बजेटबाट गरेको योजनाहरु सर्वजनिक नभएको, प्रदेश स्तरिय योजनाहरु सर्वजनिक गर्न नचाहेको, केन्द्र स्तरिय योजनाहरु सर्वजनिक नभएकाे, परिषदबाट स्विकृत योजनाहरु वडा कार्यालयमा नभएको र राख्न समेत नचाहेको, बेरोजगार व्यक्ति वारेको विवरण सर्वजनिक नगरेको र गर्न नचाहेको, विगतमा घोषणा भएको ओ.डि.एफ.लाई निरन्तरता दिन खासै योजना नबनाएको तथा गर्न समेत नचाहेको समितिकाे आराेप छ ।

उल्लेखित मागहरुलाई वडा अध्यक्ष लगाएत सम्बन्धीत निकायले यथाशिध्र कार्यान्ववन नगरे आउँदा दिनमा वडा कार्यालय र सम्बन्धीत निकाय समेतलाई गर्न गराउन ज्ञापनपत्र मार्फत अनुरोध गरिएकाे छ ।

यसका साथै आउने दिनमा वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु सुचारु नभएमा वडा विकास सुधार समिति कडा आन्दोलनमा बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।

सुधार समितिका विनोद कुमार यादव, कलामोदिन अंसारी, जितेन्द्र कुमार यादव, धनेश्वर कुमार राम, राजकिशोर कुशवाहा, ज्ञान प्रकाश ठाकुर, चन्दन राम, पवन कुमार कुशवाहा, प्रवेश कुमार कुशवाहा, बृजकिशोर ठाकुर, अजय कुमार राम, रविरन्जन कुमार राम, रविन्द्र कुमार राम, अरविन्द कुमार राम, जेनिश मेहरा, हरिओम कुशवाहा, बैजनाथ राम लगायतको समुह ज्ञापन पत्र बुझाएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...