Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज हेल्थ केयरलाई काेराेना अस्पताल बनाउन सिफारिस

spot_img
spot_img

वीरगंज । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउनको लागि संघीय स्वास्थ्य मंत्रालयमा सिफारिस गरेको छ ।

पर्सा जिल्लामा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड १९ संक्रमित पुष्टि भएका व्यक्तिहरुमा लक्षणसमेत देखिन थालेकोले आइसोलशन अस्पतालको आवश्यकता देखिएको हो ।

हाल संचालनमा रहेको नारायणी अस्थाई काेराेना विशेष अस्पताल गण्डकमा बेड संख्या कमी भएपछि  लक्षण देखिएका कोभिड १९ पुष्टि भएका व्यक्तिहरुलाई उपचारकालागि संकट ब्यवस्थापन केन्द्र पर्साले  अस्पतालको आवश्यकता ठहर गरेको हो।

थप कोभिड अस्पतालको व्यवस्था गर्न अति जरुरी देखिएको सन्दर्भमा कोभिड १९ को शंकास्पद तथा बिरामीको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सेवा सरकारी अस्पतालबाट मात्र उपलब्ध गराउन नसकिने अवस्थामा सरकारी अस्पताल बाहेकका निजी, गैर सरकारी, सहकारी तथा सामुदायिक लगायतका अस्पतालबाट प्रदान गर्ने व्यवस्था मिलाउने नीति अनुरुप पर्सा जिल्लामा रहेका विभिन्न अस्पतालहरुसँग छलफल गर्दा बीरगंज हेल्थ केयर हस्पिटलले कोभिड संचालनकोलागि स्वीकारोक्ति दिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।

कोरोना भाइरस को संक्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ को प्रावधान बमोजिम हुने गरी आफ्नो अस्पताल कोभिड १९ अस्पतालको रुपमा संचालन गर्न अस्पतालका संचालक डा.अवुल हैस अन्सारी सहमत भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । अस्पतालले तीन सुत्रीय र्शतमा रहेर अस्पताल दिन सहमती जनाएको उनले जनाए ।

अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७  बमोजिम अनुदान लिने गरी तथा अन्य प्रचलित कानून बमोजिम हुने गरी उक्त अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा संचालनको व्यवस्था मिलाउन जिल्ला संकट व्यस्थापन केन्द्रको बैठकले केन्द्रिय संकट व्यवस्थापन संचालन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नं. २, सामाजिक विकास मन्त्रालयमा सिफारिस साथ अनुरोध गर्ने निर्णय गरेको छ ।

सम्बन्धीत निकायबाट स्वीकृत भएर आएपछि बीरगंज हेल्थ केयरमा संक्रमीतहरुकालागि उपचार सेवा शुरु गरिने बिश्वास जिल्ला संकट ब्यवस्थापन केन्द्रले जाहेर गरेको छ । वीरगंज हेल्थकेयर हस्पिटलमा सय शैयाको कोभिड अस्पताल सञ्चालनमा आउने छ।

त्यसमा ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको अस्पतालका सञ्चालन अबुलहैस अन्सारीले जानकारी दिए ।

बीरगंज हेल्थ केयरको जनशक्ति ब्यवस्थापनमा थोरै अन्यौलता रहेको भएपनि त्यसको समेत हल निस्कने बिश्वास सहायक प्रमुख जिल्ला अधिकारी बस्नेत ब्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...