Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

खटाएकाे ठाउँमा नगएपछि दुई दर्जन स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । खटाएको ठाउँमा नगएपछि वीरगंज महानगरका दुई दर्जन स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा परिक्षण गर्नकालागि बीरगंज महानगरपालिकासंग जनशक्ति माँग गरेको थियो ।

महानगरले ३० जना आफना कर्मचारीलाई परिक्षण तिब्र बनाउन स्वाब संकलन लगायतका काममा सहभागि हुनकालागि पठाएको थियो । काममा जान अटेर गरि बसेका त्यस्ता स्वास्थ्यकर्मीहरुलाई प्रहरीले आज कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा परेका स्वास्थ्यकर्मीले भने कोरोना महामारी नियन्त्रणको अभियानमा पूर्वाग्रही तरिकाले महानगरले खटाएको भन्दै गुनासो पोख्न बिहीबार बिहान महानगरपालिका जाँदा  एक्कासी प्रहरीले नियन्त्रणमा लिएका बताएका छन ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले खटाइएकाे ठाउँमा नगाएका स्वास्थ्यकर्मीलाई किन नगएको हो भन्ने बुझ्न जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएकाे वताए । उनले २२/२४ जना स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालयमा साेधपुछकाे लागि ल्याइएकाे वताए ।

जिल्ला सकंट ब्यवस्थापन समितिले जनशक्ति माँग गरे अनुरुपमा ३० जनालाई पठाइएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले बताए ।

आलोपाले खट्ने बिषय भएकोले यसमा पूर्वाग्रही हुनु पर्ने कुनै कारण नरहेको बताउदे यो कोभिड बिरुद्धको अभियानमा स्वास्थ्यकर्मीले आफनो कर्तब्य निर्वाह गर्ने बेला भएको बताए । उनले सेवा र सुविधामा बारेमा पछि पनि छलफल गर्न सकिने भन्दै काममै नजानु गलत भएको प्रतिक्रिया दिए ।

खटाएको काममा नजाने स्वास्थ्यकर्मीलाई महानगरले पनि कारवाही गर्ने महतोकाे जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...