Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रहरीलाई मिस विहेभ गरेकाे आराेपमा बाराका पत्रकार दुवे पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बाराका पत्रकार उमेश दुवेलाई नियन्त्रमा लिएर मुद्दा चलाएकाे छ । बाराकाे फेटा गाउँपालिका फुलवरिया निवासी टिभि टुडेका सम्वाददाता दुवेलाई जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान शाखा (क्राइम ब्रान्च)काे टाेलीले बुधबार वीरगंजस्थित माई टिभिकाे कार्यालय अगाडीबाट नियन्त्रणमा लिएकाे थियाे ।

त्यस अघि बुधबार विहान पत्रकार दुवे र पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तसहितका डिउटीमा खटेका प्रहरी बिच वीरगंज पावर हाउस चाेकमा विवाद भएकाे थियाे । मुख्य सडक भएर जाने बिषयमा भएकाे विवाद पछि पत्रकार दुवेले आफ्नाे फेसबुकमा एउटा स्टेटस लेखेका थिए । साेही बिषयलाई लिएर पर्सा प्रहरीकाे क्राइम ब्रान्चकाे टाेलीले उनलाई नियन्त्रमा लिएकाे बुझिएकाे छ ।

तर बिहिबार दिउसाे मात्र पत्रकार दुबेमाथी प्रहरीले सार्बजनिक शान्ति कसुर विरुद्धकाे मुद्दा दर्ता गरि म्याद थमाएकाे हाे ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले दुवेमाथी सार्वजनिक शान्ति विरुद्ध खसूरमा मुद्दा दर्ता गरिएकाे वताए । उनले डिउटीमा खटेकाे प्रहरीलाई मिस विहेभ गरेकाे कसुरमा सार्बजनिक शान्ति विरुद्धकाे मुद्दा दर्ता गरी अनुसन्धानकाे लागि १० दिन म्याद थप गराइएकाे जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...