Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रहरीलाई मिस विहेभ गरेकाे आराेपमा बाराका पत्रकार दुवे पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बाराका पत्रकार उमेश दुवेलाई नियन्त्रमा लिएर मुद्दा चलाएकाे छ । बाराकाे फेटा गाउँपालिका फुलवरिया निवासी टिभि टुडेका सम्वाददाता दुवेलाई जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान शाखा (क्राइम ब्रान्च)काे टाेलीले बुधबार वीरगंजस्थित माई टिभिकाे कार्यालय अगाडीबाट नियन्त्रणमा लिएकाे थियाे ।

त्यस अघि बुधबार विहान पत्रकार दुवे र पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तसहितका डिउटीमा खटेका प्रहरी बिच वीरगंज पावर हाउस चाेकमा विवाद भएकाे थियाे । मुख्य सडक भएर जाने बिषयमा भएकाे विवाद पछि पत्रकार दुवेले आफ्नाे फेसबुकमा एउटा स्टेटस लेखेका थिए । साेही बिषयलाई लिएर पर्सा प्रहरीकाे क्राइम ब्रान्चकाे टाेलीले उनलाई नियन्त्रमा लिएकाे बुझिएकाे छ ।

तर बिहिबार दिउसाे मात्र पत्रकार दुबेमाथी प्रहरीले सार्बजनिक शान्ति कसुर विरुद्धकाे मुद्दा दर्ता गरि म्याद थमाएकाे हाे ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले दुवेमाथी सार्वजनिक शान्ति विरुद्ध खसूरमा मुद्दा दर्ता गरिएकाे वताए । उनले डिउटीमा खटेकाे प्रहरीलाई मिस विहेभ गरेकाे कसुरमा सार्बजनिक शान्ति विरुद्धकाे मुद्दा दर्ता गरी अनुसन्धानकाे लागि १० दिन म्याद थप गराइएकाे जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...