Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंजमा १२ स्वास्थ्यकर्मीसहित थप ३६ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी, नेपाली सेना स्वास्थ्यकर्मीसहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा १९ वर्षका युवा देखि ५३ वर्षका पुरूष समेत रहेका छन् ।

बुधबार राति संक्रमण पुष्टि भएका ३६ जना मध्ये नारायणी अस्पतालका १० स्वास्थ्यकर्मी रहेका छन् ।

३४ वर्षका २ जना नेपाली सेना, २४ वर्षका १ जना नेपाल प्रहरी र नारायणी अस्पतालका १ जना डाक्टर, १ जना एम्बुलेन्स चालक ८ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का २ जना, वडा नम्बर १ का १ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर १६ का १ जना, वडा नम्बर २३ का १ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर १५ का १ जना, पर्साकै जगरनाथपुर का १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

यस्तै बारा जिल्ला जितपुर हेल्थ पोष्टका २४ र २७ वर्षका २ जना स्वास्थ्यकर्मी रहेका छन् भने बारा जिल्ला कलैया वडा १ का ३४ वर्षका १ जना पुरुष रहेका छन् ।

यस अघि पनि बुधबार सांझ १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...