Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

छिपहरमाईका एक जनासहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा बुधबार सांझ ४ स्वास्थ्यकर्मीसहित थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे गण्डक काेभिड अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले वताए ।

नारायणी अस्पतालका १ जना डाक्टर, २ जना नर्स र १ जना अहेब गरि ४ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको उनले जानकारी दिए ।

त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ३ का १ जना, पर्साकै छिपहरमाई गाउँपालिका २ टिहुकीका १ जना र नारायणी अस्पतालकै संक्रमति कर्मचारीकी १ जना छोरीमा पनि डा. सिंहले जानकारी दिए ।

यस अघि पनि बुधबार विहान पर्सामा नेपाली सेना, प्रहरी, केदीबन्दीसहित ३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल गण्डक काेभिड अस्पतालकाे आइसोलेसनमा ६१ जना संक्रमितहरुले भरिएका कारण ९३ जनालाई घरमै राखिएको छ । बुधबार साँझ १७ जना संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा ३ सय २३ जना पुगेको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...