Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा थप एक काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा बिहान पौने ११ बजे तिर मृत्यु भएको अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले बताए ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी रहेको संयाेजक डा. सिंहले जानकारी दिए । उनी मुटु राेगी पनि  थिए ।

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...