Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

पर्सामा ६ कैदीसहित थप ३४ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा ६ कैदीसहित थप ३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् ।

कोरोना संक्रमित पुष्टि हुनेमा नेपाली सेना एक जना, नेपाल प्रहरी २ जना,  वीरगन्ज कारागरका २ जना कर्मचारी, ६ जना कैदीबन्दी रहेको डा. सिंहले बताए ।

त्यसैगरी काेराेना संक्रमण फेला परेका नारायणी अस्पतालका डाक्टर एक जना, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १ जना, वडा नम्बर १५ भिस्वाका ८ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर ३२ का १ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर २५ का ३ जना, वडा नम्बर ९ र १२ का १/१ जना रहेका छन् ।

पर्सा जिल्ला हरैया वडा नम्बर १ का ४० वर्षकी एक महिला रहेको डाक्टर सिंहले जानकारी दिए । साउन ८ गते देखि १२ गते सम्मका स्वाब संकलन गरि परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...