Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

काेराेना संकटमा सिडिओ सावलाई जनताकाे प्रशन ?

spot_img
spot_img
-छाेटेलाल साह
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको संयोजकको हैसियतले प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कोभिड विरुद्धको अभियानमा के गर्नु भयो त ? एउटा सर्वदलिय बैठकमा कोभिडमा मेयरले अधिकार क्षेत्र बाहिर गएर जिम्मेवारी लिएको कारण वीरगंजमा कोरोनाको संक्रमण र त्रास फैलिएको भन्ने अभिव्यक्ति दिने सिडिओ सावले आफूले पाएको जिम्मेवारी अन्तरगत के काम गर्नु भयो ? जनतालाई सार्वजनिक गर्नु पर्दैन ? अरुको शुसासनको कुरा उठाउने जिम्मेवार अधिकारीले आफू जवाफदेही वन्नु पर्छ की पर्दैन ?
सिडिओ सावले ठाकुरराम क्याम्पसमा क्वारेन्टिनको जिम्मेवारी लिनु भयो तर त्यहाँ रहेका मानिसहरुको खाना र खाजाको व्यवस्था ग्रिनसिटी सामुदायिक संस्थाले चन्दा उठाएर गर्यो । त्यस वाहेक वीरगंजका जनताले अनूभूति हुने गरी के काम गर्नु भयो सिडिओ साव जनताले जान्न चाहन्छन । तपाईको कार्य विवरण सार्वजनिक गर्न आग्रह गर्दछु ।
लकडाउनमा वीरगंज वाहिर जाने व्यक्तिहरुलाई कसरी सवारी पास वितरण गरियो तपाईलाई थाहानै छ होला । पहुँच भएकाहरुलाई मात्र पास पाउने व्यवस्था कसरी सृजना भयो ? संघीय सरकारकाे अधिकार लिएर तपाई कति दिन कोभिडको काममा फिल्डमा अनुगमन र जनताको अवस्था वुझ्न निस्कनु भयो ? तपाईको जिम्मेवारीमा रहेको क्वारेन्टाइन, आइसोलेशन र कोभिड अस्पतालको लागि तपाईले कति योगदान पुर्याउनु भयो ? सीमापारीबाट भारतीय मजदुर र कामदारहरुलाई पैसा खाएर छोडने सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कसले निर्देशन दिन्छ र परिचालन गर्छ होला सिडिओ साव ?
आज खुला सिमानाकाबाट आएका भारतीय कामदार र व्यापारीको कारण वीरगंज कोरोनाको उच्च जोखिममा छ यसको समिक्षा हुनु पर्छ की पदैन ? एउटा महत्वपूर्ण काम तपाईबाट भयो नारायणी अस्पताललाई कोभिड अस्पताल वनाएर त्यहाँका विरामी नेशनल मेडिकल अस्पतालमा उपचार गराउन सहयोगीको भूमिका निर्वाह गर्नुभयो । नेशनल मेडिकल कलेजमा मृगौलाका ७ जना विरामीको मृत्यु भएको समाचार समेत यहाँले सुन्नु भयो होला तर छानविन भयो त सिडियो साव ?
नेशनल मेडिकल कलेजमा सुत्केरी गराउने महिलाबाट समेत पैसा असुलेको उजुरी जिल्ला प्रशासन कार्यालयमा समेत परेको थियो आज सम्म के भयो सिडिओ साव ? नारायणीलाई कोभिड अस्पताल वनाईएकोमा स्थानीय स्तरमा विरोधका स्वरहरु उठन थाल्यो । संघीय र प्रदेश सरकारले कोभिड अस्पताल वनाउन नसकेपछि वाध्यकारी अवस्थामा वीरगंज महानगरपालिकाले कोभिड संक्रमितहरुको उपचारको लागि निजी अस्पतालसँग सम्झौता गर्न पुग्यो ।
आफ्नो अधिकार क्षेत्र भित्र नभएपनि महानगरपालिकाले डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीको लागि क्वारेन्टाइन व्यवस्था गर्यो । क्वारेन्टाइन र अस्पतालमा उपचारार्थ रहेका संक्रमित र संभावित संक्रमितहरुको लागि खाना र खाजाको व्यवस्था महानगरपालिकाले गर्यो । आज गण्डक कोभिड अस्पताल भएको कारण नारायणीबाट सर्वसाधारणले सहज रुपमा उपचार पाए । किड्नीको डायलिसिस सेवा नपाएको भए अरु कति जनाले अकालमा ज्यान गुमाउने थिए होलान् त्यस तर्फ यहाँले सोचनु भएकै होला ।
संकटमा सर्वसाधारणलाई उपचारको नाउँमा लुट मच्चाई रहेको नेशनल मेडिकल कलेजबाट विरामी नारायणी अस्पतालमा आउन थालेपछि उसको व्यापार घट्दा धेरैलाई टाउको दुखाई भएको होला भन्ने अनुमान लगाउन सकिन्छ । गण्डक अस्पतालले तीन महिना पछि म्याद थप गर्न नसक्ने आशयको पत्र पठाएको सन्दर्भमा सर्वदलिय वैठकमा कुरा उठदा म्याद थप नभए गण्डक अस्पताल स्थानीय प्रशासनले कव्जा गर्छ भन्ने धारणा व्यक्त गर्ने सहायक प्रमुख जिल्ला अधिकारी ज्यू नेशनल मेडिकल कलेजलाई यो संकटको घडिमा कब्जा गरेर नागरिकको जिवन रक्षा गरिदिनु न विन्ती छ हजुरलाई ।
सायद प्रधानमन्त्री निकट मानिने नेशनल मेडिकल कलेजका संचालकहरुको आम्दानी सुक्ने गरी गण्डकलाई कोभिड वनाएर नारायणी अस्पताललाई सर्वसाधारण जनताले उपचार पाउने व्यवस्था मिलाएको कारण वीरगंज महानगरपालिकाले यहाँ जनताको जिवन रक्षाको लागि खेलेको भूमिकालाई निस्तेज पार्न मताहातको मन्त्रालय र प्रधानमन्त्री कार्यालय सम्म गलत सूचना दिने काम समेत गरेको कुरा सर्वदलिय बैठकमा सार्वजनीक समेत भएको कुरा वाहिर आएको छ नी ?
कोभिडको काममा खर्च भएको रकम संघीय सरकारले उपलब्ध गराउँछ भनेर महानगरपालिकालाई शुरुको दिनमा हौसला दिने संघीय सरकारका मन्त्रीहरु र सचिवहरुलाई फोन गरेर वीरगंज महानगरपालिकालाई पैसा दिनु हुदैन भनेर वकालत कसले गरेको होला सिडियो साव मन्त्रालयमा त्यसमा पनि यहाँ जानकार नै हुनुहुन्छ होला ?
अरुलाई औला देखाउदा आफू तिर पनि औलाले गिज्याउछ भन्ने हेक्का सवैलाई होस । कोभिडको कारण जोखिममा परेका जनतालाई वचाउने तर्फ तपाईको भूमिका सकरात्मक होस सिडिओ साव तपाई पर्साबाट रिटायर भएर जादा यहाँका जनताले सदैव स्मरण गरिराख्ने काम गरिदिनु होला । विन्ती छ । किन भने अधिकारको पोको तपाईले वाँधेर राख्नु भएको छ त्यही भएर तपाईलाई विन्ती विसाएको हुँ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...