Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कोरोना संक्रमण पुष्टि भएका मृतक बृद्धको शव ब्यवस्थापन हुन सकेन

spot_img
spot_img

बीरगञ्ज । बीरगञ्जस्थित कोरोना अस्पतालमा मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा समस्या भएको छ । बिभिन्न रोगले ग्रसित ६५ बर्षीय बृद्धको आईतबार बिहान ६।१० मा मृत्यु भएपनि ३० घण्टा भन्दा बढ़ी बितिसकदा पनि शव ब्यावस्थापन हुन सकेको छैन । मुटु तथा मधुमेह रोगले ग्रसित ६५ बर्षीय बृद्धको आइतबार बिहान मृत्यु भएपनि राति ८ बजे कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै उनको शव ब्यावस्थापन हुन सकेको छैन । परिवारका बिभिन्न सदस्य भारत लगायत बिदेशमा रहेपनि उनको परिवारले नेपाल सरकारको मापदण्ड अनुसार नै दाह संस्कार गर्न भनेको तर उनको शव ब्यावस्थापन हुन सकेको छैन । उनको शव अहिले पनि नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकको इमरजेंसी वार्डमा राखिएको छ ।

कोरोना संक्रमण पुष्टि भई मृत्यु भएकाहरुको शव नेपाली सेनाले नेपाल सरकारको मापदण्ड अनुसार दाह संस्कार गर्दै आएको छ तर बीरगजमा मृत्यु भएपनि ग्रामीण भेगको खुल्ला स्थानमा दाह संस्कार गर्न लैजादा त्यहाँका स्थानीयले बिरोध गर्ने गरेको कारण शव ब्यवस्थापनमा समस्या भई रहेको नारायणी अस्थायी कोभिड़ अस्पताल नारायणीका इन्चार्ज डा। निरज सिंहले जानकारी दिनुभयो ।

मुटु तथा मधुमेह रोगले ग्रसित ति वृद्धलाई श्वास प्रश्वास समस्या देखिएपछि नारायणी अस्पतालको इमर्जेन्सीमा वार्डमा राखी उपचार गर्नुको साथै आरडीटी चेक गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । आरडीटी पोजिटिभ देखिएपछि उनलाई तत्काल नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा शनिबार साँझ करिब ८ बजेको समयमा भर्ना गरिएको थियो । गण्डक अस्पतालमा उपचार भइरहेको क्रममा आइतबार विहान उपचारको क्रममा मृत्यु भएको थियो । मृतक आदर्शनगर स्थित व्यापर सञ्चालन गर्दै आएका थिए । उनी भारतीय नागरिक हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...