Date
आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026

पर्सामा मृत वृद्धसहित थप १९ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज–१० आदर्शनगर पुरानो बसपार्कका मृतक ६५ वर्षीय वृद्धसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डक काेभिड अस्पतालका संयाेजक डा उदय नारायण सिंहले वताए ।

वृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको थियो ।

अन्य संक्रमितमा अस्पतालका कर्मचारी, क्वारेन्टिनमा बसेकाहरु, कन्ट्याक्ट ट्रेसिङमा परेका र पेड पीसीआर गराएका व्यक्तिहरु छन् । वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन ८ गते ज्यान गुमाएका ७० वर्षीय वृद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरुको सोही दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

त्यसैगरि गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी र नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र वीरगञ्ज–१६ मिथिला नगर घर भई एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पेड पीसीआर गराएका वीरगञ्ज–१४ का ३० वर्षीय, वीरगञ्ज–१४ बहुअरी गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ राधेमाईका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसअघि पेड पीसीआर गराएका वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले उनको रिपोर्ट पनि आइतबार मात्रै सार्वजनिक गरेको छ ।

यस्तै पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा पाँच जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ र २८ वर्षीया दुई जना महिला  स्वास्थ्यकर्मी तथा ३७, ४२ र ४५ वर्षीय ३ जना पुरूष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी क्वारेन्टिनमा बस्दै आएका पर्सागढी–३ का ३५ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसअघि पर्सा जिल्लामा २ सय ४० जना संक्रमति फेला परेका छन् । वीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डककाे आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत छन् । अधिकांश कोरोना संक्रमितमा लक्षण रहेकाे अस्पतालले जनाएकाे छ । ४ जना आइसीयुमा छन् । आइसोलेसन नहुँदा २७ जना संक्रमित घरमै छन् ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरमा रास्वपाको प्रथम भेला सम्पन्न, प्रशुराम साह बने गाउँपालिका सभापति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जगरनाथपुर गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले प्रशुराम साहको नेतृत्वमा ११...

रास्वपा बाराको बैठकमा कुटाकुट, दुई नगर सभापतिसहित तीन जना घाइते

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठक शनिबार तनावग्रस्त बनेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकमा संस्थापन पक्ष र संस्थापक...

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

वीरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political...