Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा एक घर एक पिसिआर परिक्षण सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । बीरगंज महानगरपालिकाको वडा नं ९ बाट एक घर एक परिक्षणकाे लागि स्वाब संकलन शुरु गरिएको हो ।

वडा नं ९ मा रहेको रेल्वे माविमा आइतबार एक सय १३ जनाकाे स्वाब संकलनको गरिएकाे महानगरका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले जनाए ।

स्वाब संकलन भन्दा अघि महानगरका कर्मचारीले रेल्वे स्कूललाई डीसइन्फेक्टेड गरेका थिए ।

स्वाब संकलन कार्यको अवलाेकन गर्दै बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीले महानगरका नागरिकको जीवन रक्षाका लागि महानगरले कुनै कसर बाँकी नराख्ने बताए ।

परिक्षणका लागि नारायणी अस्पताललाई सबै आवश्यक सामाग्री उपलब्ध गराएको वताउदै नारायणी अस्पताल र स्थानीय प्रशासनसंगको सहकार्य ठिक र सुमधुर रहेको जनाए ।

सरावगीले स्थानीय सरकार र स्थानिय प्रशास बिचकाे सम्बन्ध बिगार्ने र समन्वय हुन नदिने तत्व सदैब लागि रहेको चर्चा गर्दै उनीहरुलाई जनताले नै जवाफ दिने बताए । उनले अहिलेको निषेधाज्ञालाई परिक्षणको लागि उपयोग गर्ने र परिक्षण तिब्र बनाइने बताए ।

बीरगंजमा ४० हजार घरधुरीमा परिक्षण पुर्‍याउने उनकाे भनाई थियाे ।

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रवार सम्पन्न बैठकको निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा स्वाब संकलनको काम शुरु भएको हो ।

यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन समिति पर्साको नेतृत्वमा माईस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको स्वाब सङ्कलन गरिएको छ ।

गहवामाई मन्दिरअगाडि एक सय ९ जनाको स्वाब नमूना सङ्कलन गरिएको समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो  ।

त्यसैगरि राधेमाईमा कन्ट्याक्ट ट्रेसिङमा परेका एक सय जनाको स्वाब संकलन गरिएको वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...