Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा एक घर एक पिसिआर परिक्षण सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । बीरगंज महानगरपालिकाको वडा नं ९ बाट एक घर एक परिक्षणकाे लागि स्वाब संकलन शुरु गरिएको हो ।

वडा नं ९ मा रहेको रेल्वे माविमा आइतबार एक सय १३ जनाकाे स्वाब संकलनको गरिएकाे महानगरका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले जनाए ।

स्वाब संकलन भन्दा अघि महानगरका कर्मचारीले रेल्वे स्कूललाई डीसइन्फेक्टेड गरेका थिए ।

स्वाब संकलन कार्यको अवलाेकन गर्दै बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीले महानगरका नागरिकको जीवन रक्षाका लागि महानगरले कुनै कसर बाँकी नराख्ने बताए ।

परिक्षणका लागि नारायणी अस्पताललाई सबै आवश्यक सामाग्री उपलब्ध गराएको वताउदै नारायणी अस्पताल र स्थानीय प्रशासनसंगको सहकार्य ठिक र सुमधुर रहेको जनाए ।

सरावगीले स्थानीय सरकार र स्थानिय प्रशास बिचकाे सम्बन्ध बिगार्ने र समन्वय हुन नदिने तत्व सदैब लागि रहेको चर्चा गर्दै उनीहरुलाई जनताले नै जवाफ दिने बताए । उनले अहिलेको निषेधाज्ञालाई परिक्षणको लागि उपयोग गर्ने र परिक्षण तिब्र बनाइने बताए ।

बीरगंजमा ४० हजार घरधुरीमा परिक्षण पुर्‍याउने उनकाे भनाई थियाे ।

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रवार सम्पन्न बैठकको निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा स्वाब संकलनको काम शुरु भएको हो ।

यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन समिति पर्साको नेतृत्वमा माईस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको स्वाब सङ्कलन गरिएको छ ।

गहवामाई मन्दिरअगाडि एक सय ९ जनाको स्वाब नमूना सङ्कलन गरिएको समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो  ।

त्यसैगरि राधेमाईमा कन्ट्याक्ट ट्रेसिङमा परेका एक सय जनाको स्वाब संकलन गरिएको वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...