Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बहुदरमाईस्थित कलवारकाे घरमा प्रहरीकाे छापा, गाँजा बरामद

spot_img
spot_img

वीरगञ्ज । पर्साकाे बहुदरमाई नगरपालिकाबाट प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । नगरपालिकाे वडा नं.-९ बिश्रामपुरस्थित धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो ।

यसअघि साउन ७ गते पाँच किलो गाँजासहित पक्राउ परेका साेही ठाउँका ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो ।

गाँजासहित दुबै जनालाई पक्राउ गरी ल्याउने क्रममा प्रहरी र स्थानियहरु बिच झडपसमेत भएको थियो । गाँजा तस्करीमा संलग्न ३ जना मध्ये २ जना पक्राउ परेको र १ जना धनिलाल साह कलवार फरार रहेकोले प्रकाउ गर्न उसको घरमा प्रहरी पुग्दा उनीसहित घरका सबै मान्छे फरार भएकाे प्रहरीले जनाएको छ ।

धनिलाल कलवारको घरमा कोई नभएको अवस्थामा ४५ किलाे गाँजा बराम्मद भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...