Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा आरडिटी रिपाेर्ट पाेजिटिभ देखिएका एक व्यापारीकाे मृत्यु

spot_img
spot_img

वीरग‌ंज । वीरगन्जको नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डकमा आइतबार बिहान एक बृद्धकाे मृत्यु भएको छ।

वीरगन्ज- १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा बिहान ६:४० बजे मृत्यु भएको अस्पतालका संयाेजक डा. उदय नारायण सिंह जानकारी दिए।

मृतक वृद्धको आरडिटी रिपोर्ट पोजिटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाे संयाेजक डा. सिंहले जनाए ।

मृतक वृद्ध वीरगन्जको आदर्शनगरका व्यापारी हुन्।

पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा पठाइएको थियो।

त्यसपछि उनलाई आइतबार नै  वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

स्वास्थ्य अस्वथा जटिल बन्दै गएपछि वृद्धलाई शनिबार राति ८ बजे गण्डकस्थित काेराेना अस्पतालमा लगेर भर्ना गरिएको थियो।

राति ११ बजेतिर स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई कोभिड अस्पतालकै भेन्टिलेटरमा राखिएको उनको  मृत्यु भएको हो।

कोभिड अस्पतालमा भर्ना रहेका ५३ मध्ये ४ जना संक्रमितको अवस्था जटिल रहेको डाक्टर सिंहले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...