Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंजमा निषेधाज्ञा आजबाट, काेराेना परिक्षण भाेलीदेखी

spot_img
spot_img

वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण वीरगंजकाे मुख्य सडकहरु सुनसान देखिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ । साथै वीरगञ्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।

तर पनि पर्साकाे ग्रामिण भेगकाे विभिन्न नाका भएर सिमापारीबाट आवतजावत लुकीछुपी सुचारु नै रहेकाे छ ।

वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको चर्चा सुरु भएलगत्तै स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न दबाव बढेको थियो ।

यसै बिच निषेधाज्ञा शनिबारबाट जारी भए पनि काेराेना परिक्षण आइतबारबाट सुचारु हुने वताइएकाे छ ।

वीरगंज महानगर प्रमुख विजय सरावगीले आफ्नाे समाजिक संजाल फेसबुकमा एक पाेष्ट लेख्दै काेराेना परिक्षणकाे लागि स्वाब संकलन गर्ने कार्य आइतबार देखी सुचारु हुने जनाएका हुन् ।

उनले जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साकाे हिजाे सम्पन्न बैठककाे निर्णय अनुसार वीरगन्ज महानगरपालिकाकाे संयाेजकत्वमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयकाे सहयाेगमा महानगरपालिका भित्र समुदाय स्तरमा काेराेना परिक्षणकाे लागि स्वाव लिने काम साउन ११ गते दिउसो १ वजे वीरगन्ज महानगरपालिका वडा नं ९ काे रेल्वे माविबाट शुभारम्भ गरिने जानकारी गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...