Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगन्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगन्जमा शुक्रबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

वीरगन्जको गण्डक अस्थायी कोबिड अस्पतालको आइशोलेनशमा भर्ना भएर उपचार गराइरहेकी ८५ वर्षीया महिलाको उपचारकाे क्रममा शुक्रबार बिहान मृत्य भएको अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो ।

एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलार्इ बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको संयाेजक सिंहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...