Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

spot_img
spot_img

वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । संकट  व्यवस्थापन केन्द्र पर्साकाे शुक्रबार बसेकाे वैठककाे भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।

संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय भएको छ ।

पीसीआर परीक्षण बढेपछि संक्रमितको संख्या बढ्दै जान सक्ने हुनाले क्वारेन्टिन, आइसोलेनसमा सबैलाई राखेर सम्भव नहुने निष्कर्ष बैठकले निकालेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरुको घरमा होम क्वारेन्टिन सम्बन्धी मापदण्ड पुग्छ भने घरमै बस्न दिने निर्णय समेत बैठकले गरेको छ । तर त्यसका लागि स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा रहनुपर्ने शर्त राखिएको छ ।

‘संक्रमित भेटिएको ठाउँमा सिल गर्ने, होम आइसोलेसनमा राख्ने । उद्योग प्रतिष्ठानलाई सिल गर्ने उनीहरुलाई त्यहीँ आइसोलेटेड गर्ने,’ उनले भने, ‘त्यसको निगरानी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह र जनप्रतिनिधिले गर्ने भन्ने निर्णय भएको छ ।’

मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको बस्नेतले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...