Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पर्सामा ५ थुनुवासहित थप ३२ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरग‌ंज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ महिलासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थाई काेराेना अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले जनाए ।

उनका अनुसार संक्रमित हुनेमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला समेत रहेका छन् ।

संक्रमित हुनेमा छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ बर्षिय पुरुष, बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ बर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ बर्षीय पुरुष बाहेक अन्य सबै वीरगंज निवासी रहेकाे उनले जानकारी गराए ।

वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका ५ जना थुनुवा पनि संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमाेद ठाकुरले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा २६ जना पर्साका, १ जना बाराका  र ५ जना भारतीयहरू रहेको छन् ।

यस अघि पनि १७ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे । जस मध्ये एक जनाकाे मृत्यु पछि काेराेना रिपाेर्ट पाजेटिभ आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...