Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा लक्षणसहितकाे संक्रमित थपिदै, अवस्था भयावह बन्दै

spot_img
spot_img
वीरगंज । पर्सामा लक्षणसहितकाे काेराेना संक्रमण फेला पर्न थालेपछि अवस्था भयावह हुदै गएकाे छ ।
केही समय यता पर्साकाे समुदाय, स्वास्थ्यकर्मी, चिकित्सक र अस्पतालमा उपचारत बिरामीहरुमा समेत काेराेना संक्रमण फेला पर्न थालेपछि अवस्था भयावह बन्दै गएकाे नारायणी अस्थाई काेभिड अस्पताल गण्डकका संयाेजक डा. उदयनारायण सिंहले वताए ।
उनले भने “बुधबार राति मात्र १७ जनामा काेराेना संक्रमण फेला परेकाे छ, जस मध्ये एककाे मृत्यु समेत भइसकेकाे छ । अधिकांश संक्रमितहरु स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न निजि अस्पतालमा उपचारत बिरामीहरु रहेकाेले अवस्था भयावह बन्दै गएकाे हाे ।”
पर्सा जिल्लामा हिजाे राति मात्र थप १७ जनामा काेराेना पाेजेटिभ पुष्टि हुनु दुखद खवर भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।
संक्रमण फेला परेका अधिकांश travel History विनाकाे र कतिपय लक्षणसहितका संक्रमित समेत देखिएकाेले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएकाे उनले आफ्नाे समाजिक संजाल फेसबुक एक पाेष्ट लेख्दै जनाएका छन् ।
वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे मात्र हाे ।
paid test शुरू नगरूञ्जेल पर्सामा पनि संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर पर्सामा paid test सँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि ( Random Test जस्तै हुन थालेकाे ) काेराेना संक्रमित ठूलाे संख्यामा देखापर्दै जानुले यसकाे पुष्टि गरीरहेकाे उनकाे भनाई छ ।
यस्ताे विषम अवस्था विद्यमान रहेकै अवस्थामा लकडाउनकाे अन्त्यसँगै सबैतिर भिडभाड हुनुले ठूलाे खतरा निम्त्याइरहेकाे छ ।
हामीहरू अहिले पनि काेराेना संक्रमणकाे उच्च जाेखिममै छाैं । तसर्थ भिडभाडमा नजाअाैं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूकाे अनिवार्य रूपमा पालना गर्न आग्रह समेत अधिकारी बस्नेतले गरेका छन् ।
फेसबुक पाेष्ट मै उनले पुनः कठाेर कदम चाल्नुपर्ने अवस्था देखियो लेख्दै लकडाउन हुन सक्ने समेत समेत दिएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...