Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा थप १७ जनामा काेराेना संक्रमण फेला, संक्रमित मध्ये एककाे मृत्यु

spot_img
spot_img

बीरगन्ज । वीरगंजमा गएराति थप १७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । डाक्टर, उपचाररत बिरामी लगायत पर्सामा गएराति मात्र १७ जनामा संक्रमण पुष्टि भएकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

संक्रमण फेला परेका मध्ये एक जनाकाे मृत्यु समेत भइसकेकाे नारायणी अस्थाई काेभिड अस्पतालका संयाेजक डा. उदयनारायण सिंहले वताए ।

नारायणी अस्थाई काेभिड अस्पताल गण्डककाे आइसाेलेसनमा बुधबार मृत्यु भएकाे वीरगंज माइस्थानका ७० बर्षिय पुरुषकाे स्वाब परिक्षणकाे रिपाेर्ट पनि पाेजेटिभ आएकाे उनले जानकारी गराए ।

वीरगंजस्थित एडभान्स हस्पिटलमा उपचारत ति बिरामीलाई मंगलबार मात्र काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे ।

संक्रमण फेला परेका मध्ये अधिकांश स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न निजि अस्पतालमा उपचारत बिरामीहरु रहेकाे जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमाेद ठाकुरले वताए ।

थपिने संक्रमितहरूमा २ डाक्टर, २ उपचाररत बिरामी लगायत १७ जना रहेका छन् । संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । सबैकाे स्वाव संकलन साउन ६ गते गरिएकाे थियाे ।

कतिपय संक्रमित लक्षणसहित समेत देखिएकाेले निकै भ्यावह अवस्था सृजना हुदै गएकाे संयाेजक डा. सिंहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...