Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पर्सा र बाराका थप ५० जनामा काेराेना संक्रमण, आइशाेलेसमा रहेकामा लक्षण दखिदै

spot_img
spot_img

वीरगंज । बाराका ४६ जना र पर्साका ४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा बारा र पर्साका थप ५० जनामा संक्रमण फेला परेकाे हो  ।

बाराका ४६ जना संक्रमित देवताल गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरु हुन । त्यसै गरि पर्साका ४ जना भने होटेल कुमु प्यालेसमा पेड क्वारेन्टिनमा बसेकाहरु रहेको नारायणी अस्पतालका मेडिक सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताए ।

बाराका ४६ जना संक्रमितमध्ये १० जना महिला रहेको मेसु उपाध्यायले जानकारी गराए । संक्रमण पुष्टि भएकाहरुलाई कलैया र बीरगंजको आइसोलेशनमा राखिएकाे उनले जनाए ।

संक्रमीत मध्ये देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जना रहेका छन् ।

संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पाण्डेले जानकारी दिए ।

पर्सामा एक दिन पहिले पनि ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । बीरगंजको काभिड अस्पताल गण्डकमा भर्ना भएकाहरुमा संक्रमणको लक्षण देखिएको अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी गराए ।

८ जनामा श्वास लिन गाह्रो हुने, जीउ दुख्ने, रुघा, ज्वरो लाग्ने, खान मन नलाग्ने लगायत कोरोनाको लक्षणहरु उनले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...