Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पर्सामा थप तीन जनामा कोरोना सँक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा आज थप तीनजनामा कोरोना सँक्रमण भएको पुष्टि भएको छ । बीरगञ्जमा दुई जना युवतीसहित जिल्लामा थप तीन जनामा कोरोना सँक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

सँक्रमण हुनेहरुमा पर्साको सखुवा प्रर्सौैनी गाउँपालिकाका २२ वर्षीया पुरुष, वीरगञ्ज श्रीपुरकी १८ वर्षीय युवती र काठमाडौं स्थायी ठेगाना भइ बीरगञ्जमा काम गर्दै आएकी ४५ वर्षीया महिला रहेको उपाध्यायले जनाए ।

उनीहरुको बितेको असार ३१ गते स्वाब सँकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा सँक्रमण देखिएको हो ।

सँक्रमण पुष्टि भएका तीनै जनालाई नारायणी अस्पताल मातहत रहेको अस्थायी बिशेष कोभिड अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको मेसु उपाध्यायले बताए ।

पछिल्लो समय वीरगञ्जमा लक्षणसहितका संक्रमितहरू देखा पर्न थालेका छन् । केहि दिन अघि अरू कुनै स्वास्थ्य समस्या नभएका व्यक्तिमा कोरोनाका लक्षण देखिएसँगै आइसियूमा राखेर उपचार गर्दा मृत्युसमेत भएकोले कोराना भाइरस पहिलेभन्दा शक्तिशाली भएको चिकित्सकहरुको बिश्लेषण रहेको छ ।

यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले अहिलेको अवस्थामा भिडभाडमा नजान, स्वास्थ्य सुरक्षाका सबै शर्तकता तथा मापदण्डहरूको अनिवार्य रूपमा पालना गर्न सबै नगरवासीलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...