Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा कोरोना संक्रमित एक युवककाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजकाे नारायणी अस्थायी काेराेना अस्पताल गण्डकमा आज अपरान्ह काेराेना भाइरस संक्रमित एक युवककाे मृत्यु भएकाे छ ।

रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा असार २४ गते भर्ना भएका ३६ वर्षिय युवाको मृत्यु भएको हाे । उनी असार २४ गते भारतको बैगलोरबाट आएका थिए ।

असार २९ गते उनको स्वास्थ्यमा अचानक समस्य आएपछि उनको स्वाब संकलन गरी हेटौडा परिक्षणको लागि पठाइएको थियो ।

उनलाई थप उपचारको लागि वीरगंजको अस्थायी कोभिड अस्पतालमा पठाएकोमा बुधवार विहान साढे ६ बजेदेखि उनको श्वासप्रवासमा गडबडी आएको थियो । चिकित्सकको कठिन प्रयास पछि पनि उनलाई बचाउन नसकिएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले बताए ।

उनले भने, ती युवकको हेटौडा ल्याबबाट पोजेटिभ रिपोर्ट आएको थियो, आज साढे ४ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उनको पिसिआर गर्दा पनि बचाउन सकिएन ।

ती युवक १५ दिन अघि भारतको बैगलोरमा अचानक मृत्यु भएको दाइलाई भेटन अस्पताल पुगेका थिए । उनका दाइको मृत्यु पनि कोरोना संक्रमणबाट भारतमा भएको हुन सक्ने अनुमान गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...