Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

फेटा गाउँपालिकाद्वारा चट्याङबाट मृत्यु भएका परिवारलाई सहयाेग

spot_img
spot_img

वीरगंज । बाराकाे फेटा गाउँपालिकाले चट्याङबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयाेग गरेकाे छ । गाउँपालिकाकाे वडा नं. १ त्रिवेणीमा चट्याङबाट मृत्यु भएका सिन्धु देवी र सुनपती देवीको परिवारलाई आर्थिक सहयाेग गरेकाे हाे ।

मृतकका आफन्त हिरालाल महतो र जादोलाल महतोलाई गाउँपालिकाकाे विपद् काेषबाट रु ५० हजारकाे दरले सहयाेग गरिएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । सहयाेग  रकम बराबरकाे चेक गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादले पिडितहरुकाे घर मै पुगि शुक्रबार हस्तान्तरण गर्नु भएकाे अधिकृत मेहताले जनाए ।

मृतकहरुकाे काज क्रिया गर्नकाे लागि पूर्व घाेषित अनुसारकाे रकम बराबरकाे चेक हस्तान्तरण गरिएकाे उनले जानकारी गराए ।

कार्यपालिका सदस्य विराजमान साह, रामसुनर ठाकुर लगायतकाे उपस्थितीमा चेक हस्तान्तरण गरिएकाे थियाे ।

जेठ १८ गते फेटाकाे गाउँपालिकाकाे त्रिवेणीमा चट्याङ लागेर धान राेपाई गर्न गएका २ महिलाकाे मृत्यु भएकाे थियाे भने ७ जना घाइते भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा समावेशी शिक्षाको समीक्षा, चुनौती समाधान गर्न जनप्रतिनिधिको प्रतिबद्धता

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...