Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

धाेबिनीकाे गुलरियामा झडप, वडाध्यक्षसहित ८ घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरियामा सडकमा राबिस खसाउने बिषयमा  विवाद हुदा भएकाे झडपमा ८ जना घाइते भएका छन् ।

झडपमा परी वडाध्यक्ष राजकिशाेर प्रसाद कुर्मी, हिमत राउत कुर्मी, रवडी देवी, पानालाल प्रसाद कुर्मी, विजय प्रसाद पटेल, संजय पटेल, अजय कुमार पटेल र रिना देवी घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेहरु वीरगंजस्थित नारायणी अस्पताल र तराई हस्पिटलमा उपचार गराई घर फर्किसकेका छन् ।

घाइते वडाध्यक्ष कुर्मीसहित अधिकांशकाे टाउकाे फुटेकाे छ । झडपमा दुबै पक्ष बिच ढुंगा हनाहान समेत भएकाे थियाे ।

गुलरियास्थित बिग्रेकाे सडकमा गाउँपालिकाबाट राबिस खसाउने क्रममा कुपन वितरण गर्ने संताेष पटेल र ट्रेक्टर चालक शिव कुमार पटेल बिच विवाद भएकाे थियाे । साेही विवाद उग्र रुप लिदा दुई पक्ष बिच झडप भएकाे स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...