वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठास्थित खाेलामा साेमबार विहान एक युवककाे शव फेला परेकाे छ ।
बिन्दवासिनी गाउँपालिका वडा नं. ३ इटियाहीका ३५ बर्षिय उमेश सहनीकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । गाध खाेलामा बगेर आएकाे अवस्थामा प्रसाैनी भाठास्थित युवककाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।
विहान ७ बजे फेला परेकाे शवकाे मुचुल्का उठाई पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे उनले जानकारी गराए ।
खाेलामा शवलाई देखेपछि स्थानियहरु प्रहरीलाई खबर गरेका थिए । बैग सहित बगेर आएकाे अवस्थामा फेला परेकाे शवलाई स्थानियहरुले देखेपछि पहिचान खुलेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस