Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

जगरनाथपुरमा एक युवकमाथि कुटपिट, प्रहरीले मुद्दा गर्न मानेन : पिडित

spot_img
spot_img

वीरगन्ज । पर्साकाे जगरनापुर गाउँपालिका वडा नं. १ विसुनपूर्वा निवासी महमजान मियाँले आफ्नो छोरालाई कुटपिट गरेको विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लगाएका छन् ।

वीरगंजमा आज पत्रकार सम्मेलनमा गर्दै मियाँले ३६ वर्षीय छोरा अब्दुल मलख मियाँलाई छिमेकी ४६ वर्षीय शेख कारी र निजका २५ वर्षीय छोरा सदरे आलमले कुटपिट गरि मृत्युको मुखमा पु¥याए ता पनि प्रहरीले निजहरुमाथि कारवाही नगरेको आरोप लगाएका हुन् ।

उनले असार ५ गते खेतको आलीको विषयमा भएको विवादको निहुँमा छोरालाई एक्लै रहेको मौका छोपी आफ्नै घर अगाडि आरोपीद्वयले गम्भिर कुटपिट गरेको बताए ।

कुटपिटले गर्दा छोराको टाउको, पेट लगायतका अंगहरुमा चोटपटक लागेको छ । कुटपिटबाट छोराको टाउको फुट्नुका साथै पेटमा लठ्ठीले हानेको कारण किड्नीमा समेत असर परेको बताए । आलीको विषयलाई लिएर उत्पन्न विवाद पश्चात साँझ भएको झैझगडामा परि छोरालाई गरिएको कुटपिटको कारण टाउकोमा गम्भिर चोट लागेको वताउदै उनले किड्नीमा चोट पटक लागेको कारण पिशावबाट रगत बगि रहेको कारण पीडितको अवस्था गम्भिर रहेको बताए ।

कुटपिटबाट घाइते भएका छोरालाई तत्काल गाउँपालिकास्थित प्राथमिक उपचार केन्द्रमा उपचार गराई वीरगन्जस्थित एन.एल. न्यूरो अस्पतालमा उपचारको लागि ल्याएकोमा त्यहाँबाट उपचार हुन नसक्दा नेशनल मेडिकल कलेजमा रेफर गरिएको र मेडिकल कलेजमा डाइलोसिस गर्नुका साथै अवस्था सामान्य नभएपछि भारतको लखनउस्थित अस्पतालमा उपचार भइरहेको मियाँले बताए ।

उनका अनुसार हालसम्म ४ लाख रुपैया खर्च भइसकेको तर पीडक पक्षले कुनै किसिमको क्षतिपूर्ति नदिएको र न्यायको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिदा जाहेरी समेत दर्ता नगरिएको आरोप लगाए । कुटपिटमा परेका छोराको अवस्था अहिलेपनि गम्भिर रहेको छ, हालसम्म तीन पटक डाइलोसिस गरि सकिएको छ तर अवस्थामा सुधार आएको छैन भन्दै मियाँले पीडकलाई पक्राउ गरिएपनि कुनै किसिमको सहमति विना नै प्रहरीले पीडकलाई छाडेको बताएका छन् ।

घटनामा सलंगन दाेषीलाई कारवाहीकाे  लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिदा दर्ता नगरी सहमति गराउने पक्षमा रहेको पीडित पक्षको भनाई छ । घटना पश्चात जिल्ला प्रहरी कार्यालयमा पुगेका पीडित महमजान मियाँले क्राइमका सईले आफूलाई १ लाख रुपैया लिएर सहमति गर्नुपर्ने भन्दै दबाब दिएको बताए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोज कुँवरले सामान्य घटनामा स्थानीयहरु मिल्न चाहन्छन् भने प्रहरी बाधक नबन्ने भएकोले मिलापत्र गराउन खोजेको बताए ।

पक्राउ परेका दुबैलाई तत्कालको लागि छाडिएको भएपनि घटनाको छिनोफानो नभएको भन्दै डि.एस.पी. कुँवरले पीडितको उपचार भइरहेकोले आगामी अवस्थालाई हेरेर कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

उनले घटनामा पीडितको पक्षबाट मुद्दा दर्ता भइसकेको भने ता पनि पीडित पक्षले मुद्दा दर्ता नभएको वताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...