Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जि.पि. काेइराला फाउन्डेसनद्वारा वीरगंजका २ पत्रकार पुरस्कृत

spot_img
spot_img

वीरगंज । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापतिको ९६ औंं जन्मोत्सवको अवसरमा शनिबार दुई पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार कन्हैयालाल केसरी र निलिमा पौडेललाई पुरस्कार प्रदान गरिएको हाे । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्तर्गत शनिबार तेस्रो दिन पत्रकारिताको माध्यमबाट नेपालमा गण्तन्त्रका लागि कलम चलाएर विशेष योगदान दिएको भन्दै पत्रकार द्वयलाई सम्मान गरिएको हो ।

जी.पी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनले यस वर्षबाट पत्रकार सम्मान कार्यक्रम सुरु गरेको बताए । गण्तन्त्र नेपालको परिवेशमा सञ्चार क्षेत्रको ठुलो योग्दान रहेको अध्यक्ष सहाबुदिनको जिकिर गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौरासियाले नेपालको राजनीतिक परिवर्तनमा गिरिजा प्रसाद कोईरालाले ठूलो योगदान पुर्याएको चर्चा गरे ।

प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले अहिले प्रदेश २ सरकारका मन्त्रीहरूले जनताको भावना भन्दा पनि आफ्नो कार्यकर्ता पाल्ने बजेट ल्याएको आरोप लगाए ।

फाउन्डेसनका अध्यक्ष सहाबुदिनको अध्यक्षतामा भएको र्कायक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका अध्यक्ष श्याम बञ्जारा, प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मी, प्रेस संगठन पर्साका संयोजक नीरज पिठाकोटे मगर, प्रध्यापक हरेराम ठाकुर, प्राध्यापक रुदल ठाकुर, नेपाली कांग्रेसका नेता रामरुप कुमी, फाउण्डेशनका सचिव धिरज कुमार गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...