Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रधानमन्त्री ओलीकाे समर्थनमा वीरगंजमा पनि प्रदर्शन

spot_img
spot_img

वीरगंज । नेकपामा देखा परेको आन्तरिक बिवाद अन्त्य गरि पार्टी एकतालाई थप सुदृढा गराउन माग गर्दै वीरगंजमा शनिबार प्रदर्शन भएको छ ।

स्वतन्त्र युवा समुह नामको ब्यानरमा गरिएको प्रदर्शनमा नेकपा युवा नेताहरुको सहभागिता रहेको थियो ।

बर्तमान सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन पाइंदैन, पार्टी बिभाजन गर्न पाइंदैन भन्ने नारा लगाइएको जुलुसले नगर परिक्रम गरि पुन घन्टाघरमै पुगी को्ण सभामा परिणत भएको थियो ।

सभामा वाेल्नेहरुले देशमा अनेक खालको समस्या र चुनौति बिद्यामान रहेको बेला सरकार फेर्ने होइन बरु पार्टी एकतालाई थप सुदृढ बनाउंदै जाने जनताको चाहाना, बिचार र समस्या समाधान गर्न अघि बढ्न जरुरी रहेको वताएका थिए ।

बर्षामा पनि भएकाे प्रदर्शनमा पार्टीका कार्यकर्ताहरुले राष्ट्रियताको पक्षमा प्रधानमन्त्री ओलीले लीएको नारा देश र जनताको पक्षमा भएकाले उनलाई पुरा कार्यकाल सरकारको नेतृत्व गर्न दिनुपर्ने तर्क राखेका थिए ।

कार्यक्रममा नेकपा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का अधिकांस नेता तथा कार्यककर्ताहरुको सहभागिता रहेको थियो । नेकपा निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महमद निजामकाे नेतृत्वमा भएकाे प्रदर्शनमा केन्द्रीय सदस्य बिकास रौनियार तथा नेकपाका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...