Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

हराएका मधेसी शहीदहरु र शोसक वर्ग द्वारा लुकाइएको इतिहास

spot_img
spot_img

न्याय खोज्नको लागी दीउसै पेट्रोमैक्स बाली, आफ्नो टाउकोमा राखी भारतको संसद भवन अगाडी हराएको न्याय खोज्दै हिडेको बेला भारतीय नेता आचार्य कृपलानी र अन्य सांसदहरु सोधेका थिए यो तिमी ले के गरेको ? रघुनाथ ठाकुरको जबाब थियो : Justice is Lost or vanished from India and Nepal. I am in search of it with the help of PETROMAX in the broad day light.

मधेस कै अनेकौ शिक्षित र राजनीतिमा अग्रसर ब्यक्तित्व संग सम्पर्क गरी मधेस सम्बन्धी जानकारी प्राप्त गर्न चाहे तर मधेस सम्बन्धी जानकारी थोरै लाई मात्र रहेको थाहा पाइयो । मधेस सम्बन्धी अनेकौ प्रश्नहरु जस्तै : कस्तो अधिकार चाहिएको छ, मधेस लाई ? मधेस र मधेसीको अधिकार सम्बन्धी मुद्दा कसले उठायों ? मधेसको अर्थ के हो ? किन उपेक्षा गरिएको छ मधेस लाई ? के मधेस आन्दोलन पूर्व मधेस र मधेसी समुदायको हक अधिकारको लागी लड़ने कोई थीयो त ? तर अहिले आफूलाई मधेसको अधिकारको लागी पार्टीगत झण्डा बोकि आफूलाई मधेस र मधेसी समुदायको अधिकारको लागी लड़ीरहेको भन्ने युवावर्ग लाई मधेसको इतिहास, भूगोल, भाषा, संस्कृति तथा राजनीतिक इतिहास सम्बन्धी जानकारी हुने न्यून मात्रामा भेटीन्छन ।

मधेस आन्दोलनमा सहादत प्राप्त गरेका वीर मधेसी सपूत जस्तै विगत कालमा पनि मधेसी शहीदहरु मधेस तथा मधेसीहरुको हक अधिकारको लागी लड़दा लड़दै सहादत प्राप्त गरेको इतिहास छ । जून अहिलेको नया पढ़ीका थोरै युवावर्ग लाई थाहा छ । दुखको कुरो हो की मधेसबाट पनि यस्ता योद्धा थिए जो प्रतिकूल अवस्था र स्थितिमा पनि राजनीतिक अधिकारको लड़ाईको लागी अनुसन्धान एवम प्रामाणिक दस्तावेज़को आधार दिदै आफ्नो प्राणको आहुती दिए । तर यो इतिहास जो मधेस र मधेसी समुदायको पहिचान हो यसको बारेमा हामी अज्ञानी छौ । जब सम्म आफ्नो इतिहास सम्बन्धी ज्ञान जनमानसमा हुदैन तब सम्म आफ्नो राष्ट्र प्रति र आफ्नो अधिकार प्रति मधेसी समुदाय स्वाभिमानी नागरिक कसरी हुन सक्छ ?

मधेस तथा मधेसी समुदायको राजनीतिक हक अधिकारका लागी “अहिंसात्मक मधेस मुक्ति आन्दोलन” देखि लिएर क्रमिक रुपमा अगाडि बढ्दै “ मधेसजन क्रांतिकारी दल ” तथा “ मधेस मुक्ति मोर्चा “ को प्रवर्तक एवम नुतृत्वकर्ता महामानव “ अमर शहीद रघुनाथ ठाकुर “ मधेसी “ “ को नेतृत्वमा आफ्नो प्राणको आहुती दिने अमर शहीद क्रमश : “ शनिश्चर चौधरी “, सत्यादेव मणि त्रिपाठी “, र “ रघुनाथ राय “ सम्बन्धी लुकाइएको इतिहास अहिलेका मधेसी युवा जो मधेस र मधेसीहरुको हक अधिकारको लागी संघर्षरत छन उनको लागी जान्न र अध्यन्न गर्न अति आवश्यक छ ।

मधेस र मधेसी समुदायको राजनीतिक, आर्थिक, सांस्कृतिक एवम शैक्षिक अधिकारको शोषणको विरुद्धमा मधेसी समुदायको क्रान्तिकारी अमर शहीद रघुनाथ ठाकुर “ मधेसी ” ले सशक्त रुपमा ई १९५८ आधुनिक नेपालको साशक एवम वर्ग विरुद्ध आवाज उठाउदै वि.स. २०३८ (ई २१-०६- १९८१) नेपाली शासक वर्गको षडयंतत्रको शिकार भई वीरगति प्राप्त गरे ।

मधेस र मधेसी समुदायको हक अधिकारको लागी प्रतिकूल अवस्थामा पनि आन्दोलनरत “ शहीद रघुनाथ ठाकुर “ को आन्दोलन दबाउन शासकवर्ग तन्त्रको राजनीतिक दल र नेताहरुको सहमतिमा सरकारी षड्यन्त्र अंतर्गत फर्जी र समानान्तर संस्था खड़ा गरी ठाकुर लाई दोषी करार दीई सरकारी संचार माध्यमद्वारा भ्रमात्मक प्रचार प्रसार गरेर पंचायती व्यवस्थाकालको शुरू मै यीनलाई अराष्ट्रीय तत्व घोषित गर्दै शूट एट साइटको आदेश नेपाली सुरक्षा निकाय लाई दीईयो । शहीद रघुनाथ ठाकुरको त्यसपछि को जीवन भूमिगत भई मित्र राष्ट्र भारतमा जीवन यापन गर्न थाले जहा सरकारी एवम राजनीतिक षड्यन्त्र गरी उनलाई भारत मै वीष खुवाई हत्या गरियो ।

शहीद रघुनाथ ठाकुर संग प्रभावित भई तराई कांग्रेस समर्थक शनिश्चर चौधरी पंचायती व्यवस्था कालमा मधेस मुक्ति आन्दोलनमा संलग्न भई सकेका थिए । सरकार द्वारा आन्दोलनकारी माथि दमन हुदै गरेको बेला शहीद शनिश्चर चौधरी लाई आफूलाई प्रहरीले पकड़ींन शुनिश्चित भए पछि शनिश्चर चौधरी अरुको हाथ बाट मर्नु भन्दा आफ्नै हाथ बाट मर्नु बेस ठान्दै आफ्नो सहयोगी श्रीमति लाई गोली हानी आफूलाई पनि गोली हानी प्राण त्याग गरे । त्यस्तै मधेस मुक्ति आन्दोलनका कट्टर समर्थक श्री सत्यदेवमणि त्रिपाठी र रघुनाथ रायको छतीमा गोली हानी शासक वर्ग द्वारा हत्या गरियो । त्यस समय र परिस्थिति लाई नियन्त्रणमा गरी यस प्रकार सरकारी दमन र त्रासको सृजना गरियो की मधेस समुदाय डर कै कारण यी ब्यक्तित्वहरुको नाम लिन डराउन थाले र विस्तारै विर्सिदै गए । एका तीर निरंकुश पंचायत कालको क्रूर शासन व्यवस्था तीस वर्षको समयमा नया पीढ़ीका युवाहरुलाई पंचायती व्यवस्थाको मन्त्र यस प्रकार ले षड्यन्त्र पूर्वक पढ़ाईयों की मधेस र मधेसी वर्गको हक अधिकार प्राप्तिको लागी शहादत प्राप्त गरेका शहीदहरुको परिचय पनि मेटाउन शासक वर्ग सफल भए ।

शासकवर्ग तन्त्रको उदेश्य नै मधेस तथा मधेसी समुदायको युवावर्ग लाई यस्ता इतिहास बाट वञ्चित राख्नु थियो । जसले गर्दा उनीहरु आफ्नो हक अधिकार प्रति जागरूक हुन सक्दैनन र यस्ता कार्यमा शासक वर्गलाई सघाउनेमा प्रमुख भूमिका विगतका जानकार, स्वार्थी, पदलोलुप र शोसक मधेसी समुदायका नेताहरु प्रमुख थिए ।

अशाेक कुशवाहा (वीरगंंज)

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको...

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...