Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बिन्दवासिनी गाउँपालिकाद्वारा पत्रकारहरुलाई आयुर्वेदिक औषधी वितरण

spot_img
spot_img

वीरगंज । कोरोना भाइरस संक्रमणको जोखिममा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्साका क्रियाशील पत्रकारलाई शुक्रबार इम्युनिटी पावर बढाउने खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ।

विश्वमा महामारीका रूपमा फैलिएको कोभिड-१९ बाट बच्न भन्दै बिन्दवासिनी गाउँपालिकाले जिल्लामा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हाे ।

एक सय १० जना पत्रकारहरुलाई मास्क, सेनिटाइजर, च्यावनप्रास, काजु किसमिस, आयुर्वेदिक औषधी वितरण गरिएकाे गाउँपालिकाका प्रेस सल्लाहकार संजिव मिश्राले वताए ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ताले उक्त सामग्री पत्रकारहरुलाई हस्तान्तरण गरेकी थिइन्।

उपाध्यक्ष गुप्ताले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्ड रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेकाले न्युनतम इम्युनिटी पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन्।

उनले भनिन्, ‘जिल्लाका सूचना आमसञ्चार माध्यमबाट बढी प्राप्त गरेको र सूचनाकै आधारमा कोरोना संक्रमणबाट बच्न विभिन्न उपाय अवलम्बन गरिएको छ। हामी घरभित्रै बसेर सूचना प्राप्त गर्छौं, पत्रकार फिल्डमा हुन्छन्।’

अहोरात्र खटिएर सूचना प्रबाह गर्ने पत्रकारको बिहान-बेलुकी हातमुख जोड्न समस्या हुनसक्ने र यस्तो बेला थोरै भए पनि इम्युनिटी पावर बढाउन स्वास्थ्य सुरक्षा सामग्रीले थोरै भए पनि राहत दिनसक्ने बताइन्।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलब्ध गराउने पालिकालाई धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए।

उनले पर्साका एफएम रेडियो, अनलाइन, पत्रिका र राष्ट्रिय तथा प्रादेशिक स्तरका आमसञ्चार माध्यममा कार्यरत पत्रकारबाट कोरोना नियन्त्रण सम्बन्धित पर्सा विशेष समाचार कभरेज भएको बताए।

गाउँपालिकाकाे विपद व्यवस्थापन काेषबाट थाेरै भए पनि भ्याए जति पत्रकारहरुकाे इम्युनिटी पावर बढाउने खालकाे आयुर्वेदीक औषधी सहितकाे खाद्य सामग्री वितरण गरिएकाे प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...