Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजमा आयुर्वेद अस्पताल खुल्याे, मेयर सरावगीले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घडिअर्वास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र संचालनमा आएकाे छ । आयुर्वेद अस्पतालकाे बिहिबार एक कार्यक्रमकाे बिच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले रिबन काटेर अस्पतालकाे उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सरावगीले वीरगंजमा आयुर्वेद अस्पताल संचालनले आयुर्वेदिक उपचारकाे लागि बाहिर जानु पर्ने बाध्यता अन्त्य हुने  वताए ।

अस्पतालका प्रबन्ध निर्देशक ई. शशिभूषण प्रसादकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय पर्साका प्रमुख डा. रमेश मिश्रा, वीरगंज उद्याेग वाणिज्य संघका महासचिव माधवलाल राजपाल लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका प्रमुख चिकित्सक डा. प्रभाकर मणुले राखेका थिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १० घडिअर्वास्थित संचालमा आएकाे आयुर्वेद अस्पतालमा दक्षिण भारतमा गरिने उच्च स्तरकाे पंचकर्म चकित्सा तथा अन्य कठिन राेगकाे चिकित्सा गरिने वताइएकाे छ ।

मधुमेह, थाईराईड, उच्च रक्तचाप, मानसिक समस्याहरु, किडनी पत्थरी, पित्त थैली पत्थरी, पाइल्स, फिस्टूला, पिसाब प्रणालीका समस्याहरु, बाँझाेपन, सेक्स सम्बन्धि समस्याहरु, बालबालिका सम्बन्धि समस्याहरु, कम्पवात, माइग्रेन, निन्द्रा सम्बन्धि समस्याहरु, ढाड दुखाइकाे समस्या, बातराेेग गठिया, आमवात, स्वेत प्रदर, रक्त प्रदर, पक्षघात, गैस्ट्रिक तथा कब्जियत, कठिन नशा सम्बन्धि समस्या, स्त्री तथा प्रसुती समस्याहरु लगायतका राेगकाे उपचार गरिने अस्पतालका प्रमुख चिकित्सक मणुले जानकारी गराए ।

अस्पतालमा डा. मणु सहित डा. गाेपाल चन्द्र कमल, डा. रन्जित केसरी लगायतका चिकित्सकहरुले सेवा प्रदान गर्ने जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...