Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवा संघकाे कार्यक्रममा ३ महिलासहित एक सय १३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । मदन भण्डारीकाे ६१ औं जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा शनिबार आयाेजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजकाे घण्टाघरस्थित बिपि उधान पार्कमा भएकाे कार्यक्रममा ३ महिला सहित एक सय १३ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

साे कार्यक्रममा दुर्गा पौडेल, निर्जला पौडेल, पुजा बस्नेत, हेमन्त तामाङ, वृजलाल पासवान, तिवारी यादव, राहुल केसरी, शिवशन्कर यादव, भुपेन्द्र सह, राजकिशोर गुप्ता, असगर अलि, अलि हुसेन, बाबुराम खनाल, शक्ति सरार्फ, रबि गुप्ता, सचिन यादव, बिबेक यादव, सुलभ राणा, भैयाराम पटेल लगायतले रक्तदान गरेका थिए ।

राष्ट्रिय युवा संघ पर्साका संयोजक महमद नेजामको अध्यक्षता र नेकपा पर्साका संयोजक प्रभु हजराको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेकपाक केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव, किशोरी कुशवाह, रामबाबु बैठा, बाबुराम कौशिक, संविधान सभा सदस्य राजकुमार गुप्ता, नेता नवराज शर्मा, बलराम साह, अरबिन्द सिंह, शिवजी गुप्ता, प्रभाकर गुप्ता, नन्दकिशोर पन्जियार, राघव साह, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसि लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जरा, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोठे मगर लगायत युवा संघका नेता, कार्यकर्ता तथा पार्टीका नेताहरुको सहभागीता रहेको थियोे ।

कार्यक्रमकाे संचालन संघका सह संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए भने कार्यक्रमको सहजीकरण पिन्टु रौनियारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...